+

दिल खोलेर हाँस्नु किन जरुरी छ ?

२०८१ साउन  ६ गते १५:५६ २०८१ साउन ६ गते १५:५६
दिल खोलेर हाँस्नु किन जरुरी छ ?

तनावले तन र मनलाई पिरोल्ने गर्छ । सबैको उही सुझाव हुन्छ- ‘तनावबाट मुक्त रहनुपर्छ ।’ तर के मान्छे वास्तवमै तनावरहित रहन सक्छ ? एक अमेरिकी वैज्ञानिकका अनुसार मस्तिष्कमा दबाइने हरेक आवेगले मांसपेशी र छालामा दबाब सिर्जना गर्छ ।

जबसम्म यो कुनै कार्य मार्फत जारी हुँदैन, मांसपेशीहरूमा तनाव रहन्छ । यो तनावले थकान र डिप्रेसन निम्त्याउँछ, जसले बिस्तारै गम्भीर रोगको रूप लिन्छ । त्यसैले तनावलाई व्यवस्थापन गर्नु जरुरी हुन्छ ।

दिल खोलेर हाँस्ने

हाँसो प्रकृतिको अनुपम उपहार हो । दिल खोलेर हाँस्दा यसले धेरै रोगका लागि औषधिको काम समेत गर्छ । त्यसैले बिहानको सुरुवात मुस्कुराएर गर्नुपर्छ । यसो गर्नाले दिन खुसीसाथ बित्नेछ । जब हामी दिल खोलेर हाँस्छौं, शरीरका भित्री अंगहरुको व्यायाम हुन्छ । रक्तप्रवाह राम्ररी हुन्छ । प्रसिद्ध डा. ली बर्कका अनुसार हाँसो शरीरलाई निको पार्ने प्राकृतिक र स्वीकृत तरिका हो ।

हाँसोको फाइदा

हाँसोले मानव प्रणालीलाई सक्रिय बनाउँछ । यसले प्राकृतिक कोषिकाहरुलाई बढाउँछ, जसले भाइरस र ट्युमर कोषिकाहरुबाट हुने रोगहरूलाई नष्ट गर्छ । हाँसो मुटुका लागि उत्तम व्यायाम हो । यसले टी सेलहरूको संख्या बढाउँछ । एन्टिबडी इम्युनोग्लोबुलिन–ए को मात्रा बढाउँछ । यसले श्वासप्रश्वासमा हुने संक्रमणलाई रोक्छ । हाँस्दा तनाव पैदा गर्ने हर्मोनको स्तर कम हुन्छ । खुलेर हाँस्नु अनुहार र घाँटीको मांसपेशीको लागि पनि व्यायाम हो ।

क्याफिनको सेवन कम गर्ने

सामान्यतया मानिसहरू तनाव कम गर्न चिया, कफी, चकलेट वा सफ्ट ड्रिंक आदिको सेवन गर्छन् । यसमा लागूपदार्थ जस्तै छिटो असर गर्ने तत्त्वहरू हुन्छन् । यी तत्त्वहरूले शरीरको रोगप्रतिरोधात्मक क्षमता घटाउँछन् र तनाव उत्पन्न गर्छन् । भनाइ छ, विषले विषलाई मार्छ । क्याफिनले यो सिद्धान्तमा काम गरेर तनाव कम गर्छ । यसले शरीरमा केही विषाक्त तत्त्वहरू उत्पादन गर्छ, जसले फ्री रेडिकल उत्पादन गर्छ । यसले मस्तिष्कमा फाइबरको संवेदनशीलता कम गर्छ । जसले गर्दा तनाव कम भएको भ्रम हुन्छ र व्यक्ति दिनप्रतिदिन यसको मात्रा बढाउन बाध्य हुन्छ ।

क्याफिनरहित दिन बिताएर यसबाट हुने तनावबाट मुक्त हुन सकिन्छ । क्याफिनको सेवन नगर्दा उत्साह, ऊर्जा, राम्रो निद्रा र लचिलो मांसपेशी पाउन सकिन्छ । तर यदि अचानक क्याफिन छोडियो भने माइग्रेनको पीडा हुनसक्छ । तसर्थ, क्याफिनबाट छुट्कारा पाउने सबैभन्दा सजिलो उपाय भनेको आफ्नो दैनिक दिनचर्याबाट क्याफिनको मात्रा कम गर्दै जानुपर्छ ।

दैनिक हिडडुल गर्ने

हिंड्नु एकदमै राम्रो व्यायाम हो । खाना खानुअघि छिटो हिंड्दा आन्द्राको गति बढ्छ, जसले पाचन शक्ति बढाउँछ । खाना खाएपछि हिंड्दा कब्जियतको समस्याबाट छुटकारा मिल्छ । हिंड्दा गहिरो सास लिंदा फोक्सोको क्षमता बढ्छ र रक्तप्रवाह पनि नियन्त्रण हुन्छ । खाली खुट्टा हिंड्दा एक्युप्रेसर जस्ता फाइदा प्राप्त हुन्छन् ।

तनाव एड्रेनल हर्मोनको तीव्र आक्रमणको कारणले हुन्छ । यसले मुटुको धड्कन र रक्तचाप बढाउँछ । ध्यानले एड्रेनल हर्मोनको गतिविधिलाई नियन्त्रण गरेर तनाव कम गर्छ । व्यायाम र ध्यान दिनचर्यामा समावेश गरेर दिमागलाई शान्त बनाउन सकिन्छ । यसबाट तनाव पनि कम हुन्छ ।

निद्रा महत्त्वपूर्ण छ

तनाव कम गर्ने सबैभन्दा सजिलो उपाय सुत्नु र निदाउनु हो । आठ घण्टाको निद्राले फेरि काम गर्ने ऊर्जा दिन्छ । तसर्थ, काममा व्यस्त समयबीच एक छोटो ब्रेक लिनुपर्छ । दैनिक पर्याप्त मात्रामा सुत्नु पनि पर्छ  । जसले गर्दा दिमाग ताजा होस् र फेरि काम गर्न तयार होस् । किताब पढ्ने, पौडी खेल्ने, संगीत सुन्ने, पेन्टिङ गर्ने, सवारी चलाउने जस्ता मनपर्ने सौखहरुमा केही समय दिएर तनावबाट टाढा रहन सकिन्छ ।

एजेन्सीको सहयोगमा

हाँसो हाँस्नु
लेखक
अनलाइनखबर
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय

फिचर

ट्रान्सजेन्डर पुरुषका लागि महिनावारी हुनु सबैभन्दा अप्ठ्यारो अवस्था हो

ट्रान्सजेन्डर पुरुषका लागि महिनावारी हुनु सबैभन्दा अप्ठ्यारो अवस्था हो

अनुभूति : अप्रेसन थिएटरभित्र ‘भाइटीका’

अनुभूति : अप्रेसन थिएटरभित्र ‘भाइटीका’

मोटोपनको कुरामा किन महिलाहरू बढी चिन्तित हुन्छन् ?

मोटोपनको कुरामा किन महिलाहरू बढी चिन्तित हुन्छन् ?

ओस्टिओपोरोसिस : साइलेन्ट किलर जसले हड्डी भित्रैबाट कमजोर बनाउँछ

ओस्टिओपोरोसिस : साइलेन्ट किलर जसले हड्डी भित्रैबाट कमजोर बनाउँछ

कलिलै उमेरमा महिनावारी : शरीर परिपक्व, मानसिक रूपमा कच्चा (भिडियो)

कलिलै उमेरमा महिनावारी : शरीर परिपक्व, मानसिक रूपमा कच्चा (भिडियो)

आईभीएफ सम्बन्धी बारम्बार सोधिने प्रश्न र त्यसको उत्तर

आईभीएफ सम्बन्धी बारम्बार सोधिने प्रश्न र त्यसको उत्तर