
८ साउन, काठमाडौं । गृहमन्त्री रमेश लेखकले ५ हजार रुपैयाँ घूस दिएर काम गराएको भन्ने पूर्वमन्त्री तथा सांसद् वीरेन्द्र महतोका सम्बन्धमा छानबिन गर्न निर्देशन दिएका छन् ।
मंगलबारको प्रतिनिधि सभा बैठकमा बोल्दै गृहमन्त्री लेखकले सांसद महतोले आफ्नो छोराको प्रमाणपत्र प्रमाणित गर्न बिचौलियालाई ५ हजार घूस दिनुपरेको घटनाबारे तत्काल छानबिन गर्न प्रहरीलाई निर्देशन दिइएको जानकारी गराएका हुन् ।
‘व्यक्तिगत रूपमा पनि मैले उहाँलाई सोधेर त्यो मान्छे चिनाउन सहयोग गर्न आग्रह गरेको छु,’ मन्त्री लेखकले भने, ‘प्रहरीलाई उक्त घटनाको तत्काल छानबिन गर्न आवश्यक निर्देशन दिइसकिएको छ र यो विषय सरकारले अत्यन्त गम्भीरतापूर्वक लिएको छ ।’
यही साउन ६ गतेको प्रतिनिधि सभाको बैठकमा सांसद महतोले आफूले ५ हजार रुपैयाँ घूस दिएर काम गराएको बताएका थिए ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
पुराना
लोकप्रिय
ट्रेन्डिङ
Advertisment
प्रतिक्रिया 4