+
+
WC Series
Won लुम्बिनी लायन्स 2025
136/6 (19.1)
VS
Lumbini Lions won by 4 wickets
जनकपुर बोल्ट्स 2025
132/6 (20)
Shares

गोरखामा आत्महत्या भनी गाडिएको शव प्रहरीले ७ दिनपछि निकाल्यो

विकास मरहट्टा विकास मरहट्टा
२०८१ साउन १२ गते २०:५८

१२ साउन, गोरखा । आत्महत्याबाट मृत्यु भएको भन्दै दाहसंस्कार गरी जमिनमा गाडिएको एक महिलाको शव प्रहरीले उत्खनन गरेको छ ।

बारपाक सुलिकोट गाउँपालिका–४ भण्डारी गाउँका ४६ बर्षीय मारज गुरुङकी श्रीमती रनमाया गुरुङको शव गाडिएको स्थानबाट उत्खनन गरी बरामद गरिएको जिल्ला प्रहरी कार्यालयले जनाएको छ ।

आत्महत्या गरेको भनिए पनि घटना शंकास्पद देखिएकाले शव उत्खनन गरि पोष्टमार्टमका लागि फरेन्सिक मेडिसिन विभाग महाराजगंज काठमाडौं पठाइएको प्रहरी नायव उपरीक्षक रमेशकुमार श्रेष्ठले बताए ।

‘४५ बर्षीया ती महिलाको यही साउन ४ गते झुण्डिएर मृत्यु भएको भनेर भोलिपल्ट जातीय परम्परा अनुसार शव जमिनमा गाडी सदगत गरेछन्’, उनले भने, ‘घटना शंकास्पद लागेर मृतक महिलाका दाजु सुकपाल गुरुङले छानबिन गरिपाउँ भनी यही साउन १० गते प्रहरीमा निवेदन दिएपछि अनुसन्धानका लागि शव बरामद गरेका हौं ।’

माइती पक्षको निवेदनको आधारमा साउन ११ गते शुक्रबार इलाका प्रहरी कार्यालय जौवारी, जिल्ला प्रहरी कार्यालय र गोरखा अस्पतालका बिशेषज्ञ चिकित्सक समेतको टोली घटनास्थल पुगेको र गाडेको स्थानबाट शव उत्खनन गरी ल्याएको उनले जनाकारी दिए ।

शव गाड्नुअघि खिचेको तस्वीरमा महिलाको शरीरमा चोटपटकको दाग देखेपछि माइती पक्षले प्रहरीकोमा निवेदन दिएको डीएसपी श्रेष्ठले बताए ।

‘शव गाड्ने बेला माइती पक्ष टाढा भएर आउन पाएनछन्, दाह संस्कारको बेला फोटो खिचिएको रहेछ, फोटो हेर्दा शरीरमा चोटपटकको दाग जस्तो देखेपछि शंका लागेर ती महिलाका दाइले हाम्रो कार्यालयमा निवेदन दिए’, उनले भने ।

पोष्टमार्टमको रिपोर्ट आएपछि थप कुरा खुल्ने बताउँदै डीएसपी श्रेष्ठले घटनाबारे थप अनुसन्धान भइरहेको बताए ।

लेखक
विकास मरहट्टा

मरहट्टा अनलाइनखबरका गोरखा संवाददाता हुन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Hot Properties
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?