
१६ साउन, काठमाडौं । काठमाडौंको बाफलमा रहेको ज्ञानोदय मावि परिसरमा बाढी पसेपछि बुधबार पढाइ बन्द गरिएको थियो ।
मंगलबार राति विद्यालयमा मनमति खोलाको बाढी पसेर जमेको लेदो महानगरपालिकाको वातावरण विभाग र विद्यालयले सफा गरिसकेकाले बिहीबारबाट पठनपाठन नियमित हुने भएको हो ।
विद्यालयका सहायक प्रधानाध्यापक प्रेमनारायण श्रेष्ठले महानगरपालिकाले सघाएको कारण एकैदिनमा सफा गरिसकिएको बताए ।
बाढीले भुइँतलामा रहेको नर्सरी, एलकेजी, यूकेजी र १ कक्षाका शैक्षिक सामग्री, खेल सामग्री, कार्पेट, चमेना गृह लगायतमा क्षति पुगेको श्रेष्ठले बताए । ज्ञानोदय मावीमा गत वर्ष पनि बाढी पसेर क्षति पुगेको थियो ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
पुराना
लोकप्रिय
ट्रेन्डिङ
Advertisment
प्रतिक्रिया 4