+
+
WC Series
Won कर्णाली याक्स 2025
129/9 (20)
VS
Karnali Yaks won by 3 runs
जनकपुर बोल्ट्स 2025
126/6 (20)
Shares

कालो झन्डा र ब्यानर टाँगेर उदयपुर सिमेन्टको मूल गेटमा पूर्वकर्मचारीको धर्ना

अनलाइनखबर अनलाइनखबर
२०८१ साउन १८ गते १७:५६

१७ साउन, काठमाडौं । उदयपुर सिमेन्टका अवकाश प्राप्त कर्मचारीले उद्योगको मूल गेटमा कालो झन्डा र ब्यानर टाँगेर विरोध सुरु गरेका छन् ।

१४ साउनमा बसेको सेवा निवृत मजदुर तथा कर्मचारी संघर्ष समितिको निर्णय अनुसार उद्योगको मूल गेटमा कालो झन्डा र ब्यानर राखेर विरोध सुरु गरिएको छ ।

यसअघि १७ असारमा उद्योगमा सेवा सुविधा पाउनुपर्ने माग राख्दै एक महिनाको म्याद राखेर निवेदन दिँदा समेत कुनै सुनुवाइ नभएकाले आन्दोलनमा जान बाध्य हुनु परेको संघर्ष समितिका सचिव रामबहादुर जिसीले जानकारी दिए ।

१५ असोज २०७८ सम्म अवकाश पाएका कुल ६५ जना कर्मचारीको ३२ करोड ७५ लाख रुपैयाँ सेवा सुविधा बापतको रकम उद्योगले भुक्तानी नगरेको उनीहरूले बताएका छन् ।

संघर्षरत कर्मचारीका तर्फबाट संयोजक जगरनाथ चौधरीका अनुसार कर्मचारीले १७ असारका दिन महाप्रबन्धकलाई पत्र लेख्दै १ महिनाको अल्टिमेटम दिइएको थियो ।

उपदान, घर बिदा, उपचार खर्च, बीमालगायत सुविधा नियम अनुसार पाउनु पर्ने उनीहरूको माग छ ।

बहाल रहेको अवस्थामा मासिक तलबबाट कट्टा गरिएको तर कर्मचारी सञ्चयकोष र नागरिक लगानी कोषमा पठाउन बाँकी रकम समेत प्राप्त नभएको उनीहरूको भनाइ छ ।

तर, हरेक दिन धरासायी बन्दै गएको सरकारी स्वामित्वको उदयपुर सिमेन्टले कर्मचारीको सेवा सुविधा बापतको रकम दिन सकेको छैन ।

सेवा निवृत्त भएको तीन वर्ष नाघिसक्दा पनि पाउनु पर्ने रकम भुक्तानी नभएपछि आन्दोलनमा उत्रनु परेको पूर्वकर्मचारीको भनाइ छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?