+

एन्फा महिला लिग भदौं १६ देखि

२०८१ साउन  २३ गते १९:०८ २०८१ साउन २३ गते १९:०८
एन्फा महिला लिग भदौं १६ देखि

२३ साउन, काठमाडौं । एन्फा महिला लिग फुटबल आगामी भदाै १६ गत्देखि हुने भएको छ । अखिल नेपाल फुटबल संघ एन्फाले बुधबार सहभागि क्लबहरुसँग छलफल गरेर मिति टुङ्गो लगाएको हो ।

एन्फा महासचिव किरण राई र सिईओ ईन्द्रमान तुलाधरले छलफलमा लिगको विभिन्न पक्षबारे जानकारी गराएका थिए ।

महिला लिगमा १० टोली सहभागिता जनाउनेछन् । जसमा एपिएफ एफसी, त्रिभुवन आर्मी क्लब, नेपाल पुलिस क्लब, चन्द्रपुर नगरपालिका, वालिङ नगरपालिका, कोशी प्रदेश, सुदूरपश्चिम प्रदेश, कर्णाली प्रदेश, संकटा एफसी र बागमती युथ क्लब छन् ।

सिंगल राउण्ड रोविनका आधारमा हुने लिगमा ४५ खेल हुनेछ । पहिलो चरणपछि शीर्ष पाँच टोलीले डबल राउण्ड रोविनका आधारमा सुपर लिग खेल्नेछन् ।

त्यसपछि शीर्ष चार टोलीबीच क्वालिफायर, ईलिमिनेटर र फाईनल हुनेछ ।लिग डिसेम्बरसम्म चल्ने एन्फाले जनाएको छ ।

लिगको उद्घाटन दशरथ रंगशालमा हुनेछ भने खेलहरु च्यासल मैदान र एनणफा कम्प्लेक्समा पनि हुने एन्फाले जनाएको छ ।

एन्फा महिला लिग

धेरै कमेन्ट गरिएका

लेखक
अनलाइनखबर
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय