+
+
Shares

डोटीमा बस दुर्घटना हुँदा १६ जना घाइते

अनलाइनखबर अनलाइनखबर
२०८१ साउन ३२ गते ६:४०

३२ साउन, धनगढी । डोटीमा बस दुर्घटना हुँदा १६ जना घाइते भएका छन् ।

बिहीबार धनगढीबाट छुटेको शैलेश्वरी यातायातको ना ५ ख ४४५१ नम्बरको यात्रुबाहक बस शुक्रबार बिहान करीब ४ बजे दिपायल सिलगढी नगरपालिका–४ स्थित रेडियो नेपालको प्रशारण केन्द्र नजिकै दुर्घटना भएको हो ।

दुर्घटनामा १६ जना घाइते भएको प्रदेश ट्राफिक प्रहरी कार्यालय अत्तरियाले जनाएको छ । उनीहरूमध्ये एक जनाको अवस्था गम्भीर छ ।

सबै घाइतेलाई उद्धार गरी उपचारका लागि सुजङ अस्पतालमा पठाइएको प्रहरीले जनाएको छ ।

बस सडकबाट अन्दाजी एक सय मिटर तल खसेको छ । दुर्घटनाको कारण भने नखुलेको प्रहरीले जनाएको छ ।

#ResultWithOK View All Results
पार्टीहरू
अग्रता
जित
कुल सिट
Change
समानुपातिक मत
Loading election results...

प्रत्यक्ष सिट — प्रतिनिधि सभा

कुल सिट: १६५
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?