+
+
WC Series
Won सुदूरपश्चिम रोएल्स 2025
169/4 (20)
VS
Sudurpaschim Royals won by 49 runs
चितवन राइनोज 2025
120/10 (17.1)
Shares

ईन्जिनियर्स एसोसिएसनको चुनावका लागि लोकतान्त्रिक समूहले टुंग्यायो उम्‍मेदवार

अनलाइनखबर अनलाइनखबर
२०८१ भदौ ५ गते १९:१६

५ भदौ, काठमाडौं। नेपाल ईन्जिनियर्स एसोसिएसनको ३४औँ केन्द्रीय  र तेस्रो कार्यकारिणी समितिका लागि कांग्रेस निकट लोकतान्त्रिक समूहले उम्मेदवार टुंगो लगाएको छ। बुधबार काठमाडौं कार्यक्रम गरेर २८ भदौंमा हुने निर्वाचनका लागि लोकतान्त्रिक समूहले उम्‍मेदवार घोषणा गरेको हो ।

इञ्जिनियरहरुको छाता संगठन नेपाल इञ्जिनियर्स एसोसियसनका लागि नेपाली कांग्रेस निकट सेन्टर फर डेमोक्रेटिक इन्जिनियर्स नेपाल (सिडेन)बाट  सुवासचन्द्र बराल अध्यक्षका उम्मेदवार बनेका छन्।

यस्तै उपाध्यक्षका लागि प्रकाश केसी,  महासचिवका लागि विनोद प्रकाश पण्डित,  उपमहासचिवका लागि  अनिल मानन्धर, कोषाध्यक्षका लागि सुमन थापा र सहकोषाध्यक्षका लागि कृष्णप्रसाद पोखरेल उम्‍मेवाद बनेका छन् ।

यस्तै लोकतान्त्रिक समूहबाट सदस्यहरुका लागि यम कृष्ण पौडेल,    प्रभुराम पोखरेल,एमेन्द्र गुरुङ्ग,अनिल पौडेल,संजय कुमार साह, नेत्रप्रसाद देवकोटा,भैरव धिताल, सुजन श्रेष्ठ, लोकेन्द्र अधिकारी,विक्रम कुमार दास,    प्रियंका गुप्ता र  जय किसुन राय रहने गरी लोकतान्त्रिक समूहले प्यानल घोषणा गरेको छ ।

अध्यक्षका उमेदवार चितवन निवासी बराल २ दशकदेखि उर्जाक्षेत्रमा सक्रिय रहँदै आएका छन् भने महासचिव पण्डित सिडेनका पूर्वमहासचिव समेत हुन् ।

भदौ २८ गते ३४औं कार्यकारिणी समिति र तेस्रो प्रादेशिक कार्यकारिणी समितिका लागि निर्वाचन हुँदैछ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?