
१५ भदौ, काठमाडौं । नेपाली कांग्रेसका शीर्ष नेताहरुको आज बसेको बैठक विना निष्कर्ष टुंगिएको छ । सभापति शेरबहादुर देउवा निवास बूढानीलकण्ठमा बसेको बैठक निष्कर्षमै नपुगेर टुंगिएको एक नेताले बताए ।
पार्टीका पूर्व तथा वर्तमान पदाधिकारी सहित बसेको उक्त बैठकमा महामन्त्रीद्वय गगन थापा र विश्वप्रकाश शर्माको प्रतिवेदनकाे सहमतिमा छलफल भएको थियो । आइतबार बस्ने केन्द्रीय समिति बैठकले पेश भएका प्रतिवेदन परिर्माजन गरी पारित गर्ने योजना थियो ।
महामन्त्रीहरुको प्रतिवेदनमा रहेको चुनावी तालमेल, महाधिवेशनको कार्यतालिका र ‘एक्जिट पोलिसी’ लगायत विषय उल्लेख छ ।
तर महामन्त्रीद्वयको प्रतिवेदनमाथिको छलफल टुंगो लाग्न नसकेपछि आइतबार फेरि बैठक डाकिएको ती नेताले जानकारी दिए ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
पुराना
लोकप्रिय
ट्रेन्डिङ
Advertisment
प्रतिक्रिया 4