
१६ भदौ, जनकपुरधाम । सिरहामा सर्पले डस्दा एक युवतीको मृत्यु भएको छ । मृत्यु हुनेमा सखुवा नन्कारपट्टी गाउँपालिका ३ की २० वर्षीया सरिता कुमारी सदा छन् । गएराति सुतेको बेला १२ बजे उनलाई गोमन सर्पले टोकेको थियो ।
सर्पले डसेपछि उपचारामा नलगी झाँक्रीमा लगिएको थियो । झारफुकबाट निको नभएपछि अन्तिम अवस्थामा सरितलाई लहान प्रादेशिक अस्पतालमा लगिएको थियो ।
चिकित्सकले उनलाई मृत घोषणा गरेका हुन् ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
पुराना
लोकप्रिय
ट्रेन्डिङ
Advertisment
प्रतिक्रिया 4