+
+
WC Series
Won पोखरा एभेन्जर्स 2025
201/2 (20)
VS
Pokhara Avengers won by 34 runs
कर्णाली याक्स 2025
167/10 (18.6)
Shares

यसपालि दशैंमा नयाँ होइन, सुकिला नोट

अनलाइनखबर अनलाइनखबर
२०८१ भदौ १८ गते १८:००

१८ भदौ, काठमाडौं । नेपाल राष्ट्र बैंकले यस वर्ष चाडपर्व लक्षित गर्दै सुकिला नोट मात्रै सटही गर्ने भएको छ ।

केन्द्रीय बैंकमा साना दरका सुकिला नोट नै पर्याप्त रहेकोले यसपटक दशै‌ंमा सुकिला नोटको सटही गर्ने नेपाल राष्ट्र बैंकका सूचना अधिकारी डिलाराम पोखरेलले बताए ।

‘नेपाल राष्ट्र बैंकमा सुकिला नोट पर्याप्त छन् । साना दरका नोटको अभाव छैन’ राष्ट्र बैंकका सहप्रवक्ता पोखरेलले भने, ‘एकपटक चलनचल्तीमा आएका सुकिला नोट नै यसपटक दशैंमा सटही गर्न लागिएको हो ।’

विगतका वर्षहरूको जस्तै साना दरको नोट सटही व्यवस्था भने हुने उनले बताए । ५, १०, २०, ५० र १०० रुपैयाँ दरका नोट सटही गर्न पाउने व्यवस्था हुने उनले बताए ।

विगतदेखि नै नेपाल राष्ट्र बैंकले दशैंमा नयाँ नोट सटही गर्ने व्यवस्था गर्दै आएको थियो ।

साना दरको १/१ सेटको दरले १८ हजार ५०० रुपैयाँको नयाँ नोट सटही गर्ने व्यवस्था केन्द्रीय बैंकले गर्दै आएको थियो ।

गत वर्ष साटिएका नयाँ नोट केन्द्रीय बैंकमा फिर्ता आएका कारण सोही नोट यो वर्षको दशैंमा सटही गर्ने व्यवस्था हुने उनले बताए । ठूला दरका नोट पनि सुकिला नोट नै बजारमा पठाइने उनले बताए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?