२६ भदौ, काठमाडौं। करिब ४ करोड रुपैयाँ बराबरका सामान बोकेका दुई वटा ट्रक पर्सा प्रहरीले नियन्त्रणमा लिएको छ ।
जिल्ला प्रहरी कार्यालय पर्साको टोलीले वीरगञ्जबाट काठमाडौं जान लागेका लु १ ख ७५३२ र ना ३ ख ५४९ नम्बरका दुई वटा ट्रक बुधबार बिहान साढे ८ बजेतिर वीरगञ्ज महानगरपालिका–२५ बाट नियन्त्रणमा लिएको हो ।
ती ट्रकहरुमा विभिन्न ब्राण्डका मदिरा र कम्पयुटरको माउसलगायतका मालबस्तु लोड गरिएको पाइएको पर्सा प्रहरीका प्रवक्ता तथा डीएसपी दीपक भारतीले बताए ।
दुई वटा ट्रकमा भन्सार छलीका ३ करोड ९३ लाख ८८ हजार ६३१ रुपैयाँ बराबरका सामान रहेको प्रहरीले जनाएको छ ।
नियन्त्रणमा लिइएका दुबै ट्रकलाई कारबाहीका लागि राजश्व अनुसन्धान कार्यालय पथलैया बारामा पठाइएको छ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
पुराना
लोकप्रिय
ट्रेन्डिङ
Advertisment
प्रतिक्रिया 4