 
																			२३ असोज, काठमाडौं । नेपाल आयल निगमले दशैं बिदामा पनि निरन्तर पेट्रोलियम पदार्थ वितरण हुने व्यवस्था मिलाएको छ ।
निगमका अनुसार काठमाडौंमा थानकोटदेखि देशभरिका डिपो र कार्यालयबाट स्थानीय आवश्यकताका आधारमा पेट्रोलियम पदार्थ बिक्री वितरण निरन्तर हुने व्यवस्था मिलाइएको छ । विराटनगर डिपो २४ र २८ असोजमा खुला रहने छ ।
अमलेखगञ्ज डिपो २४, २५ र २८ असोजमा खुला रहने भएको छ । थानकोट डिपो २४, २५ र २८ असोजमा खुला हुनेछ । सुर्खेत, भैरहवा र पोखरा डिपो २४ र २८ मा खुल्ने छन् ।
त्यसैगरी धनगढी डिपो २४, २७ र २८ असोजमा खुल्ने भएका छन् । धनुषा डिपो २४ र २७, नेपालगञ्ज आवश्यकता अनुसार, दाङ २७ असोज, वीरगञ्ज २४ र २८, चारआली २४ र २८ तथा दिपायल शाखा आवश्यकता अनुसार खुला हुने निगमले जनाएको छ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
            भर्खरै
            पुराना
            लोकप्रिय
            
        
            ट्रेन्डिङ
                        Advertisment
                        
                                    
        
    
                        
                    
                    
                    
                     
                









 
                     
                                 
                 
                 
                 
                 
                 
         
                                                 
                                                 
                                                 
                                                 
                                                 
                                                 
                                                 
                                                 
                                                 
                                                 
                                             
                                             
                                             
                 
                 
                 
                 
                 
                 
                 
                 
                 
                 
                 
                 
                 
                 
                 
                 
                 
                
प्रतिक्रिया 4