+

स्पेन नेसन्स लिगको क्वाटरफाइनलमा प्रवेश

२०८१ असोज  ३० गते १०:०३ २०८१ असोज ३० गते १०:०३
स्पेन नेसन्स लिगको क्वाटरफाइनलमा प्रवेश

३० असोज, काठमाडौं । युरोकप विजेता स्पेन यूईएफए नेसन्स लिगको क्वाटरफाइनलमा छनोट भएको छ ।

लिग ए अन्तर्गत ग्रुप फोरको खेलमा स्पेनले बुधबार सर्बियालाई ३-० ले पराजित गरेर नेसन्स लिगको क्वार्टरफाइनलमा प्रवेश गरेको छ ।

स्पेनको जितमा एममेरिक लापोर्टा, अल्भारो मोराटा र एलेक्स बेनाले समान एक गोल गरे ।

लिग ए अन्तर्गत ग्रुप फोरकै अर्को खेलमा स्विटजरल्यान्ड र डेनमार्कले २-२ को बराबरी खेलेका छन् । यस बराबरीले डेनमार्कले भने क्वाटरफाइनल पुग्न पर्खनुपर्ने भएको छ ।

४ खेलबाट १० अंक जोडेको स्पेन ग्रुप फोरको शीर्ष स्थानमा छ । लिग ए मा चार समूह छ र हरेक समूहको शीर्ष दुई टोली क्वाटरफाइनल पुग्नेछन् ।

सर्विया ४ खेलबाट ४ अंकसहित तेस्रो स्थानमा छ । समान खेलबाट ७ अंक रहेको डेनमार्क दोस्रो स्थानमा छ । स्विट्जरल्याण्ड १ अंक जोडेर पुछारमा छ ।

स्पेनले दुई खेल बाँकी छँदै नकआउट यात्रा तय गरेको हो । स्पेनसँगै ग्रुप थ्रीबाट जर्मनी पनि क्वाटरफाइनल पुगेको छ ।

यस्तै लिग ए अन्तर्गत ग्रुप वानमा पोल्यान्ड र क्रोएसियाले ३-३ तथा स्कटल्यान्ड र पोर्चुगलले गोलरहित बराबरी खेलेका छन् ।

यसैगरी लिग सी अन्तर्गत ग्रुप टुमा कोसोभोले साइप्रसलाई ३-१ र रोमानियाले लिथुवानियालाई २–१ ले हरायो भने लिग सी ग्रुप थ्री मा उत्तरी आयरल्यान्डले बुल्गेरियालाई ५-० ले हराउँदा बेलारुस र लक्जेम्बर्गले १-१ को बराबरी खेले ।

ईएफए नेसन्स लिग स्पेन

धेरै कमेन्ट गरिएका

लेखक
अनलाइनखबर
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय