+
+

वीपी राजमार्ग आजदेखि राति १० घण्टा बन्द हुने

यात्रा सरल र सुरक्षित बनाउन बेलुका ६ बजेदेखि विहान ४ बजेसम्म बीपी राजमार्गको धुलिखेल-भकुण्डेवेसी- वर्षेखोला सडक खण्ड बन्द हुने

कपिल कोइराला कपिल कोइराला
२०८१ असोज ३० गते १६:०४

३० असोज, काभ्रे। गत असोज १० गतेदेखि परेको अविरल वर्षा र बाढी पहिरो कारण क्षति भएको वीपी राजमार्गको धुलिखेल-भकुण्डेवेसी-वर्षेखोला सडकखण्ड आजदेखि राति १० घण्टा बन्द हुने भएको छ ।

डिभिजन सडक कार्यालय भक्तपुरले सूचना नै प्रकाशित गरेर आज बेलुका ६ बजेदेखि विहान ४ बजेसम्म सडक बन्द हुने जानकारी दिएको छ ।

काभ्रे जिल्ला भित्र पर्ने १ नम्बरपुल- चौकीडाँडा- बर्षेखोला खण्डको करिब ८ किलोमिटर सडक ट्याकको मर्मत तथा सुधार कार्य गरी यात्रा थप सरल तथा सुरक्षित बनाउने कार्य भइरहेकोले वीपी राजमार्गको धुलिखेल-भकुण्डेवेसी- वर्षेखोला सडक खण्ड बन्द हुने डिभिजन सडक कार्यालय भक्तपुरका सिनियर डिभिजनल इन्जिनियर सुमन योगेशले जानकारी दिए।

चौकीडाँडा- बर्षेखोला खण्ड पुर्ण रुपमा बगाएकोले हाल ट्याक निर्माण गरी यात्रुवाहक सवारी साधनहरुको लागि मात्र आवागवन खुलाइएको छ । काठमाण्डौलाई पूर्वी नेपालसँग जोड्ने छोटो दुरीको वीपी राजमार्ग सडक बिभाग, स्थानीय पालिका, नेपाली सेना तथा प्रहरीको अग्रसरतामा १४ दिनपछि दशैको नवमीको दिनदेखि एकतर्फी खुलेको थियो।

काठमाण्डौ र पूर्वी नेपाल जोड्ने वीपी राजमार्गबाट दैनिक हजारौ गाडी आउजाउ गर्थे । सडक खुलेपछि राजमार्ग प्रयोग गरेर यात्रा गर्ने यात्रु तथा दशैंमा टीका लगाएर काठमाण्डौ फर्किएका यात्रुहरूको सवारीसाधनले सवारी जाम भएको थियो ।

जापान अन्तर्राष्ट्रिय सहयोग नियोग (जाइका) ले यो सडक निर्माण गरि २०७२ असार १८ गते औपचारिक रूपमा नेपाल सरकारलाई राजमार्ग हस्तान्तरण गरेको थियो ।

लेखकको बारेमा
कपिल कोइराला

कोइराला काभ्रेमा रहेर पत्रकारिता गर्छन् । 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?