४ कात्तिक, काठमाडौं । प्रिमियर लिगमा एएफसी बर्नमाउथले आर्सनलको अपराजित यात्रामा ब्रेक लगाएको छ । बर्नमाउथले गएराति १० खेलाडीमा समेटिएको आर्सनललाई २-० ले पराजित गरेको हो ।
बर्नमाउथका लागि जस्टिन क्लुइभर्टले एक गोल र एक असिस्ट गरे । राएन क्रिस्टिइले अर्को गोल गरे ।
खेलको ३०औं मिनेटमा विलियन सालिबाले रातो कार्ड पाएपछि आर्सनल दश खेलाडीमा समेटिएको थियो । भिएआरको सहयोगमा सालिबालाई रातो कार्ड देखाइएको थियो ।
त्यसको फाइदा उठाउदै बर्नमाउथले दोस्रो हाफमा दुई गोल गरेको हो ।
खेलको ७०औं मिनेटमा राएन क्रिस्टिइले क्लुइभर्टको पासमा गोल गर्दै बर्नमाउथलाई अग्रता दिलाएका थिए । क्लुइऐर्टले ७९औं मिनेटमा पेनाल्टीमा गोल गर्दै बर्नमाउथको अग्रता दोब्बर पारेका थिए ।
हारपछि आर्सनलले शीर्ष स्थानमा उक्लने अवसर गुमाएको छ । ८ खेलबाट १७ अंकसहित आर्सनल तेस्रो स्थानमा छ । बर्नमाउथ जितपछि ८ खेलबाट ११ अंक जोडेर दशौँ स्थानमा उक्लेको छ ।
प्रिमियर लिगकै अन्य खेलमा म्यानचेष्टर युनाइटेडले ब्रेन्टफोर्डलाई २-१ ले पराजित गर्दा टोटनहमले वेष्टहमलाई ४-१ ले हरायो ।
एस्टन भिल्लाले फुलहमलाई ३-१ ले, एभरटनले इप्स्विच टाउनलाई २-० ले, लेस्टर सिटीले साउथह्याम्पटनलाई ३-२ ले र ब्राइटनले न्यूकासल युनाइटेडलाई १-० ले हरायो ।
प्रतिक्रिया 4