 
																			४ कात्तिक, काठमाडौं। जनमत पार्टीले आन्दोलनका लागि तयार रहन पार्टी संरचनालाई निर्देशन गरेको छ ।
देशको विषम राजनीतिक परिस्थिति रहेको जनाउँदै पार्टीको सबै तहका संगठनलाई आन्दोलनको लागि तयार रहन निर्देशन गरिएको प्रवक्ता शरदसिंह यादवले जानकारी गराए ।
आइतबार पार्टी केन्द्रीय कार्यालय मध्यबानेश्वरमा बसेको सचिवालयको बैठकको निर्णय अनुसार पार्टी पंक्तिलाई आन्दोलनका लागि तयार रहन निर्देशन गरिएको हो।
बैठकले मंसिरमा हुने स्थानीय तहको उपनिर्वाचनका लागि जनमत पार्टीले १४ कात्तिकसम्म उम्मेदवारको नाम केन्द्रीय सचिवालयमा पठाउन निर्वाचन परिचालन समितिलाई निर्देशन दिएको छ ।
बैठकले स्थानीय उपनिर्वाचनको लागि जिल्ला इन्चार्जको संयोजकत्वमा निर्वाचन परिचालन समिति गठन गर्ने निर्णय गरिएको प्रवक्ता शरदसिंह यादवले जानकारी गराए।
निर्वाचन समितिमा निर्वाचन हुने वडा र पालिकाको केन्द्रीय समिति सदस्य, राष्ट्रिय परिषद् सदस्य, प्रदेश सदस्य, पालिका अध्यक्ष, पालिका पूर्व अध्यक्ष, वडा अध्यक्ष र वडा पूर्व अध्यक्ष रहने व्यवस्था पार्टीले गरेको छ ।
 
                









 
                     
                                 
                 
                 
                 
                 
                 
         
                                                 
                                                 
                                                 
                                                 
                                                 
                                                 
                                                 
                                                 
                                                 
                                                 
                                             
                                             
                                             
                                             
                                             
                                             
                 
                 
                 
                 
                 
                 
                 
                 
                 
                 
                 
                 
                 
                 
                 
                 
                 
                
प्रतिक्रिया 4