+

नेयमारको पुनरागमन खेलमा अल हिलालको नाटकीय जित

२०८१ कात्तिक  ६ गते ८:३५ २०८१ कात्तिक ६ गते ८:३५
नेयमारको पुनरागमन खेलमा अल हिलालको नाटकीय जित

६ कात्तिक, काठमाडौं । ब्राजिलिनय फुटबल नेयमारले चोटपछि मैदानमा पुनरागमन गरेको खेलमा साउदी क्लब अल नाटकीय जित हात पारेको छ ।

सलेम अल-दौसारीले ह्याट्रिक गरेपछि साउदी अरेबियाको अल-हिलालले एएफसी च्याम्पियन्स लिगमा साविक विजेता यूएईको अल-ऐनमाथि ५-४ को जित हात पारेको हो ।

गत अक्टोबरमा उरुग्वे विरुद्धको खेलमा घुँडाको क्रुसिएट लिगामेन्टमा चोट लागेपछि मैदानबाहिर रहेका नेयमार ७७ औं मिनेटमा वैकल्पिक खेलाडीका रुपमा मैदान प्रवेश गरेका थिए । उनको नोभेम्बरमा घुँडाको शल्यक्रिया गरिएको थियो ।

खेलको अन्त्यतिर नेमरा काउन्टर अट्याकमा गोल नजिक पुगे पनि सफल भएनन् ।

‘मलाई राम्रो अनुभव भइरहेको छ । यो कठिन थियो । मसँग सधैं राम्रो टिम छ । तर, म एमदकै खुशी छु कि म मैदान फर्किएँ ।’ खेलपछि भावुक बनेका नेयमारले हाज्जा बिन जायद स्टेडियममा भने ।

नेयमार २०२३ अगष्टमा फ्रेन्च क्लब पेरिस सेन्ट जर्मेनबाट ९० मिलयन युरोमा साउदी क्लब अल-हिलालमा अनुबन्ध भएका थिए । उनले चोटअघि हिलालका लागि ५ खेल खेलेका थिए ।

साउदी प्रो लिग क्लब अल-हिलालले गत सिजनको सेमिफाइनलमा अल-ऐनसँग व्यहोरेको हारको बदला समेत लिएको छ ।

यो जितपछि अल-हिला लिग वेष्ट रिजनमा ३ खेलबाट ९ अंक जोडेर शीर्ष स्थानमा उक्लेको छ ।

अल हिलाल नेयमार

धेरै कमेन्ट गरिएका

लेखक
अनलाइनखबर
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय