+
+

टप १० ब्रोकर कम्पनीले कति गरे किनबेच ?

अनलाइनखबर अनलाइनखबर
२०८१ कात्तिक ६ गते १७:५६

६ कात्तिक, काठमाडौं । मंगलबार कुल ४ अर्ब १७ करोड रुपैयाँ बराबरको सेयर कारोबार भयो ।

यो कारोबार रकममा टप १० ब्रोकर कम्पनीको हिस्सा ३३.६० प्रतिशत हो । यस दिन टप १० ब्रोकर कम्पनीमार्फत कुल १ अर्ब ३६ करोड रुपैयाँको खरिद हुँदा १ अर्ब ४४ करोड रुपैयाँ बराबरको बिक्री भयो । यो भनेको १० ब्रोकर कम्पनीको टीएमएस प्रयोग गरी लगानीकर्ताले गरेको किनबेच हो ।

टप १० ब्रोकर कम्पनीमध्ये ६ मार्फत बिक्री देखिएको छ भने ४ मार्फत खरिद धेरै भएको छ । नासा, इम्पेरियल, आर्यतारा र डायनामिकमार्फत खरिद धेरै भएको छ । भिजन, अनलाइन, सनी, श्रीहरि, लिन्च र एबीसीमार्फत बिक्री धेरै भएको छ ।

यी टप १० ब्रोकरमार्फत धेरै कारोबार भएका कम्पनीमा कुमारी बैंक, गुडविल फाइनान्स, हिमालयन रिइन्स्योरेन्स, पिपुल्स हाइड्रोपावर, एसबीआई बैंक, शिवम् सिमेन्ट, ङादी ग्रुप लगायत रहे ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?