+
+
WC Series
सुदूरपश्चिम रोएल्स 2025
13/0 (1.6)
VS
चितवन राइनोज 2025
0/0
Shares

राष्ट्रियस्तरका विकास बैंकको नाफा २९ प्रतिशत बढ्यो

अनलाइनखबर अनलाइनखबर
२०८१ कात्तिक ७ गते १९:१०

७ कात्तिक, काठमाडौं । राष्ट्रियस्तरका ८ विकास बैंकको औसत नाफा २९.०६ प्रतिशत बढेको छ ।

सार्वजनिक  चालु आर्थिक वर्षको पहिलो त्रैमासिक वित्तीय विवरणअनुसार तीन महिनामा यी विकास बैंकको खुद नाफा १ अर्ब ४२ करोड ९० लाख रुपैयाँ छ । गत आर्थिक वर्षको पहिलो तीन महिनामा १ अर्ब १० करोड ७२ लाख रुपैयाँ थियो ।

लोन लस प्रोभिजन घट्नु र खुद ब्याज आम्दानी बढ्दा विकास बैंकहरुको नाफामा सुधार देखिएको हो । वाणिज्य बैंकहरुको तुलनामा विकास बैंकहरुको वित्तीय स्थितिमा राम्रो सुधार भएको देखिन्छ ।

अधिकांश वाणिज्य बैंकहरुको खुद ब्याज आम्दानी घटेका बेला विकास बैंक भने अधिकांशको बढेको छ । मुक्तिनाथ विकास बैंक, साइन रेसुङ्गा, गरिमा विकास, लुम्बिनी विकास, ज्योति विकास, महालक्ष्मी विकास बैंक तथा सांग्रिला विकास बैंकको खुद ब्याज आम्दानी नै पहिलेको तुलनामा बढेको छ ।

एउटा विकास बैंक महालक्ष्मीको मात्रै नाफा सामान्य घटेको छ ।

विकास बैंकहरुमा ज्योति विकासको नाफा सबैभन्दा धेरै १९७ प्रतिशतले बढेको छ । त्यस्तै महालक्ष्मीको नाफा  १.१ प्रतिशत घटेको छ । मुक्तिनाथ विकास बैंकले सबैभन्दा धेरै २८ करोड १८ लाख रुपैयाँ खुद नाफा कमाएको छ ।

प्रतिसेयर आम्दानीका आधारमा भने लुम्बिनी विकास बैंक सबैभन्दा अगाडि देखिएको छ । सो विकास बैंकको वार्षिक प्रतिसेयर आम्दानी २२ रुपैयाँ ९७ पैसा छ । प्रतिसेयर आम्दानीका आधारमा सांग्रिला विकास बैंकको सबैभन्दा न्यून ७ रुपैयाँ छ ।

पहिलो त्रैमासका आधारमा राष्ट्रियस्तरका विकास बैंकहरुको वार्षिक प्रतिसेयर आम्दानी

बैंक हालको प्रतिसेयर आम्दानी
मुक्तिनाथ १६
साइन रेसुंगा २०.२३
गरिमा १५.९०
लुम्बिनी विकास २२.९७
कामना सेवा १९.९४
ज्योति विकास १३.१६
महालक्ष्मी ९.०४
सांग्रिला ७.०२
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?