८ कात्तिक, काठमाडौं । बिहीबार कुल ५ अर्ब ४१ करोड रुपैयाँको सेयर कारोबार भयो ।
यो कारोबार रकममा टप १० ब्रोकर कम्पनीको हिस्सा ३७.०७ प्रतिशत हो । टप १० ब्रोकर कम्पनीले यस दिन १ अर्ब ९४ करोडको खरिद गर्दा २ अर्ब ७ करोड रुपैयाँ बराबरको बिक्री गरे ।
टप १० ब्रोकर कम्पनीमध्ये ४ मार्फत खरिद धेरै भएको छ भने ६ मार्फत बिक्री धेरै भएको छ । यस दिन सबैभन्दा धेरै कारोबार भृकुटीमार्फत भएको छ । भृकुटी, सारेप्रो, अनलाइन, आर्यतारामार्फत खरिद धेरै भएको छ । त्यस्तै नासा, इम्पेरियल, भिजन, सनी, डायनामिक र एबीसीमार्फत बिक्री धेरै भएको छ ।
टप १० ब्रोकर कम्पनीमार्फत धेरै कारोबार भएका कम्पनीमा एनएलजी इन्स्योरेन्स, साहस ऊर्जा, पिपुल्स हाइड्रोपावर, आईसीएफसी फाइनान्स, समृद्धि फाइनान्स, लाइफ इन्स्योरेन्स कर्पोरेसन, हिमालयन डिस्टिलरी लगायत रहे ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
पुराना
लोकप्रिय
ट्रेन्डिङ
Advertisment
प्रतिक्रिया 4