+
+

अन्नपूर्ण पदमार्गमा चर्को संगीत बजाउन रोक, लाउड स्पीकर जफत

अनलाइनखबर अनलाइनखबर
२०८१ कात्तिक ११ गते १७:१८
पदयात्रीबाट जफत गरिएका लाउड स्पीकर डिभाइस

काठमाडौं । शरद ऋतु पर्यटनको याम पनि हो । पदयात्रामा निस्किनेका लागि यो मौसम उपयुक्त हो । यसका लागि अन्नपूर्ण संरक्षण क्षेत्र नेपालीसहित विदेशी पर्यटकका लागि पनि उपयुक्त गन्तव्य हो ।

यदि तपाईं अन्नपूर्ण फेरोमा पदयात्रामा जाँदै हुनुहुन्छ भने नयाँ खबर छ । उक्त क्षेत्रमा पदयात्रामा जाँदा चर्को स्वरमा संगीत बजाउन नपाइने भएको छ । एनटीएनसी कार्यालयले सूचना जारी गर्दै अन्य ट्रेकरलाई असर हुने गरी चर्को स्वरमा संगीत नबजाउन आग्रह गरेको छ ।

एबीसी पदमार्गमा स्पीकर लगायत डिभाइसमा चर्को स्वरमा गीत बजाउँदै हिंडेका पदयात्रीको साथबाट कार्यालयले स्पीकर समेत जफत गरेको छ । ‘ट्रेकिङ रुटमा चर्को सङ्गीत आवश्यक छैन । अन्य ट्रेकरलाई सम्मान गर्नुहोस् । एक्याप चेकपोस्टले यसलाई नियन्त्रण गर्न थालिसकेको छ । एबीसी ट्रेकिङ रुटमा अवस्थित चेकपोस्टबाट लाउड संगीत उपकरणको सङ्कलन’ फेसबुक पोस्टमा भनिएको छ ।

यो सूचनालाई सामाजिक सञ्जालका प्रयोगकर्ताले प्रशंसनीय रहेको बताएका छन् । उनीहरुले संरक्षण क्षेत्रलाई ध्वनि प्रदूषणरहित बनाउन समेत आग्रह गरेका छन् । अन्नपूर्ण संरक्षण क्षेत्र मनाङ, मुस्ताङ, म्याग्दी, कास्की र लमजुङ जिल्लामा फैलिएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?