+
+

जनकपुरबाट २२१ किलो गाँजासहित एकजना पक्राउ

अनलाइनखबर अनलाइनखबर
२०८१ कात्तिक १२ गते ९:४०

१२ कात्तिक, जनकपुरधाम । जनकपुरधामबाट प्रहरीले २२१ किलो गाँजासहित एकजनालाई पक्राउ गरेको छ ।

पक्राउ पर्नेमा मकवानपुरको भीमफेदी गाउँपालिका-२ बस्ने २४ वर्षीय प्रकाश लुङ्गवा रहेका छन् ।

वडा प्रहरी कार्यालय मुजेलियाबाट खटिको प्रहरी टोलीले जनकपुरधाम उपमहानगरपालिका-१४ स्थित चेकजाँचको क्रममा बाबा आयलस सेन्टर नजिकबाट ना. ५ ख १७७ नम्बरको मिनी ट्रकमा लुकाएर लैजाँदै गरेको गाँजासहित उनलाई पक्राउ गरेको हो ।

ट्रकमा फल्स बटन बनाएर राखेको १६ वटा पोकामा रहेको गाँजा फेला पारेको जिल्ला प्रहरी कार्यालय धनुषाले जनाएको छ ।

पक्राउ परेका चालक प्रकाशमाथि थप अनुसन्धान गरिरहेको छ प्रहरीले जनाएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?