काठमाडौं । एनसेल कर्पोरेट गल्फको उपाधि शेर्पा एडभेन्चर गियर नेपालका टासी दोङ र दोर्जे होजाङसाङको जोडीले जितेको छ ।
शनिबार गोकर्ण गल्फ क्लबमा आयोजित प्रतियोगितामा टासी र दोर्जेको जोडीले इन्द्रधरा विष्ट र माधव सिम्खडाको जोडीलाई पराजित गर्दै उपाधि जितेको हो ।
टासी र दोर्जेको जोडीले १० स्ट्रोक अन्डरपार ६२ को स्कोरसहित उपाधि हात पारेको हो । विजेताले दुबईको चार वटा राउन्ड टिकट, कलअवेको आइरन सेट तथा ह्याम्पर्स प्राप्त गरेका छन् ।
यस्तै मुस्ताङ ग्लफ क्लबका इन्द्रधरा विष्ट र माधव सिम्खडाको जोडीले ९ होलमा सिक्स अन्डरपार ३० को स्कोरसहित दोस्रो स्थान बनाए । उपविजेताले कलअवे एआई स्मोक ड्राइभर्स, आईप्याड र गिफ्ट ह्याम्पर पाएका छन् ।
लिओन मोटर्सका विजय श्रेष्ठ आइनहाउस र फुरसाङले तेस्रो स्थान बनाए भने उनीहरूले कलअवेको गल्फ ब्याग र ह्याम्पर्स प्राप्त गरे ।
व्यक्तिगततर्फ विजय श्रेष्ठ आइनहाउसले लंगेस्ट ड्राइभतर्फ रेन्जफाइन्डर र गिफ्टह्याम्पर प्राप्त गरेका छन् । यस्तै प्रविण शाही ठकुरीले क्लोजेस्ट टु दि पिन अर्वाडसँगै रेन्जफाइन्डर र ह्याम्पर्स प्राप्त गरे ।
विजेतालाई एनसेलका प्रमुख कार्यकारी अधिकत तथा प्रबन्ध निर्देशक जाबोर कायुमोभ तथा गोकर्ण गल्फ कोर्सका अध्यक्ष सुहृद घिमिरे र क्याप्टेन जोसेफ नाथनले पुरस्कार हस्तान्तरण गरेका थिए ।
प्रतिक्रिया 4