+

बजारमा खानेकुरा किन्दा के-के हेर्ने ?

२०८१ कात्तिक  १३ गते १२:०४ २०८१ कात्तिक १३ गते १२:०४
बजारमा खानेकुरा किन्दा के-के हेर्ने ?

बजारमा सामान किन्दा के हेरिन्छ ? प्राय: सबैले सामान बाहिर राखिएको मिति र तोकिएको शुल्क हेर्छन् । तर यी दुई मात्र हेरेर पुग्दैन ।

यदि च्याउसरी फैलिएका अखाद्य वस्तु खरिद गर्नबाट जोगिनु छ भने जुनसुकै सामान किन्दा खानेकुराबारे जानकारी पनि उल्लेख गरेको छ कि छैन हेर्नुपर्छ । खानेकुराबारे जानकारी उल्लेख गरिएको सामग्री मात्र गुणस्तरयोग्य मानिन्छ । यस्तो जानकारीलाई फुड लेबल भन्ने गरिन्छ ।

किन अनिवार्य फुड लेबल हेर्नुपर्छ ?

बढ्दो बजारीकरणले बजारमा थुप्रै प्याकेटबन्द र बट्टाबन्द प्रशोधित खाद्यवस्तु बिक्री वितरण भइरहेका देखिन्छन् । यस्ता खानेकुरा स्वादमा मुख लोभ्याउने, तलतल बढाउन नुन, चिल्लो र चिनी प्रशस्त मात्रामा प्रयोग गरिएको हुन्छ ।

तयार गर्न धेरै समय नलाग्ने र प्याकेट खोलेर सिधै खान मिल्ने भएकाले सर्वसाधारण यसप्रति आकर्षित छन् । त्यसमा पनि खाद्यवस्तुहरुलाई लामो समय संरक्षण गरेर राख्न (प्रिजरभेटिभ) प्रयोग भएका हुन्छन् । जुन कति मात्रामा प्रयोग गर्न मिल्ने र दैनिक कति मात्रासम्म खान मिल्ने भन्ने मापदण्ड हुन्छ ।

यद्दपि कतिपय अवस्थामा उत्पादकहरुले तोकिएको मात्रा भन्दा बढी प्रयोग गरेको वा लेबल नै उल्लेख नगरेका सामग्री छयापछयाप्ती छन् ।

यस्तोमा खाद्यवस्तु स्वास्थ्यका हिसाबले ठीक हुन वा कति खाँदा शरीरमा नकारात्मक असर गर्छ भनेर बुझ्न प्याकेटमा जानकारी स्वरुप दिइएको लेबल पढ्न र विश्लेषण गर्न आवश्यक छ ।

केके हेर्ने ?

– सकेसम्म थोरै मात्रामा प्रशोधन गरिएको वा परिष्कृत गरिएको र वा अन्य कृत्रिम पदार्थहरू नराखिएको खानेकुरा रोज्नुपर्छ ।

– मिठाइहरु खरिद गर्दा थपिएको चिनी लेबलमा खोज्नुपर्छ । जसमा कति प्रकारको कस्ता गुलियो पदार्थ राखिएको उल्लेख गरिएको हुन्छ । यदि चिनी वा कर्न सिरप थप थपिएको छैन भने त्यो राम्रो सूचक हो । कर्न सिरप भनेको मकैको स्टार्च हो । जसको बढी प्रयोगले मोटोपन, दीर्घरोगलाई बढावा दिन्छ ।

– लेबलहरूमा पोषणसम्बन्धी जानकारी जाँच गर्नुपर्छ । खानेकुरा खरिद गर्द पोषणसम्बन्धी लेबलमा ‘चिनी’को खण्डमा ध्यान दिनुपर्छ । यदि उत्पादकले गुलियो परिकारमा चिनी वा कर्न सिरपलाई आफ्नो लेबलमा सूचीबद्ध गर्दैन भने बुझ्नुपर्छ कि उक्त खानेकुरा पोषण जानकारीको दृष्टिकोणले उपभोगका लागि फाइदाजनक छैन ।

– खानेकुरामा हालिने कृत्रिम रंग र स्वादबारे राम्ररी पढ्नुपर्छ ।

– आयातीत खानेकुरामा अर्गानिक, गैरअर्गानिक परियोजना प्रमाणित गर्ने विश्वसनीय खाद्य सुरक्षा र गुणस्तर छापहरू जस्ता प्रमाणपत्र खोज्नुपर्छ । नेपालमा उत्पादित खाद्य सामग्रीको हकमा खाद्य प्रविधि तथा गुण नियन्त्रण विभागबाट जारी विश्वसनीय खाद्य सुरक्षा र गुणस्तर छाप लगायतका उल्लेख गरिएको प्रमाण हेर्नुपर्छ ।

– चिनी धेरै हालिएको पेय पदार्थ सकेसम्म खानु हुँदैन । सोडा, स्वादयुक्त जुस र केही खेलकुद पेय जस्ता गुलियो पेय पदार्थहरूमा पनि थपिएको चिनी, विशेषगरी मकैको सिरप हुन्छ । त्यसैले बजारमा जाँदा यसको सट्टा पानी, गुलियो नराखेको चिया वा ताजा फलफूलको जुस छनोट गर्नुहोस् ।

– ‘लो–फ्याट’ लेखिएको उत्पादनलाई राम्ररी हेर्नुपर्छ । लो–फ्याट लेखिएको खानेकुरामा उत्पादकहरूले प्रायः स्वादका लागि थप चिनी वा मकैको सिरप थपेर स्वादको सन्तुलन मिलाउन खोजेको हुन्छ । त्यसैले ‘लो–फ्याट’ लेखिएको चिनीको मात्रा कति बढी छ हेर्न सकिन्छ ।

– प्रशोधित र प्याकेज गरिएका खाना सम्भव भएसम्म कम खरिद गरौं । धेरै प्रशोधित खानाहरू जस्तै विभिन्न सफ्ट ड्रिंक्स, मसलाहरू, बेकरीका सामानहरू, फास्टफुड, ब्रेकफास्ट सिरियल दही र क्यान्डी, सस, सलाद ड्रेसिङ, पाउरोटीहरूमा प्रायः अप्रत्यक्ष रुपमा चिनी अप्रत्यक्ष रुपमा चिनीको मात्रा कम छ कि छैन लेबल परीक्षण गर्नेपर्छ ।

– कतिपय अवस्थामा कम फ्याट वा प्राकृतिक जस्ता शब्द उल्लेख भएर आएका लेबलहरू पनि भ्रामक हुन सक्छन् । त्यसैले यस्ता सामग्री किनेपछि कतिको फाइदा गरिरहेको छ स्वविचार गर्नुपर्छ ।

खानेकुरा फुड लेबलिङ बजार
बबिता अधिकारी
लेखक
बबिता अधिकारी
पोषणविद्

अधिकारीले बाल पोषण विकासमा स्नातक र ग्रामीण विकासमा स्नाकोत्तर गरेकी छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय

फिचर

बजारमा खानेकुरा किन्दा के-के हेर्ने ?

बजारमा खानेकुरा किन्दा के-के हेर्ने ?

घुँडा खिइने समस्या कसरी थाहा पाउने ? (भिडियोसहित)

घुँडा खिइने समस्या कसरी थाहा पाउने ? (भिडियोसहित)

दमका बिरामीलाई घरमा कसरी हेरचाह गर्ने ?

दमका बिरामीलाई घरमा कसरी हेरचाह गर्ने ?

गर्भावस्थामा ग्यास्ट्रिकले सतायो, के गर्ने ?

गर्भावस्थामा ग्यास्ट्रिकले सतायो, के गर्ने ?

योगले तनावजन्य रोगबाट कसरी मुक्ति दिन्छ ?

योगले तनावजन्य रोगबाट कसरी मुक्ति दिन्छ ?

दुर्गममा पदयात्रीको स्वास्थ्य सेवामा तल्लीन कल्पना

दुर्गममा पदयात्रीको स्वास्थ्य सेवामा तल्लीन कल्पना