+
+

भाइटीकाको साइत ११ बजेर ३७ मिनेटमा

अनलाइनखबर अनलाइनखबर
२०८१ कात्तिक १२ गते १८:२१

१२ कात्तिक, काठमाडौं । भाइटीकाको साइत विहान ११ बजेर ३७ मिनेटमा रहेको नेपाल पञ्चाङ्ग निर्णायक समितिले जनाएको छ ।

यस वर्षको तिहारमा भाइटीका १८ कात्तिक आइतबार परेको छ । समितिका अनुसार त्यस दिन बिहान ११ बजेर ३७ मिनेट भाइटीकाका लागि उत्तम साइत छ ।

१४ गते काग तिहार, १५ गते कुकर तिहार परेको छ । त्यही दिन साँझ लक्ष्मीपूजा हुनेछ ।

१६ गते औंशी छ भने १७ गते शनिबार गाई गोरु तिहार परेको पाञ्चाङ्ग निर्णायक समितिले बताएको छ ।

हेर्नुहोस् पाञ्चाङ्ग निर्णायक समितिको सूचना

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?