+
+

इरानको तेल संरचनामा इजरायलले आक्रमण नगरेपछि तेलको मूल्य घट्यो

एजेन्सी एजेन्सी
२०८१ कात्तिक १३ गते ६:०९

१३ कात्तिक, टोक्यो । इजरायलले शनिबार इरानका सैन्य लक्ष्यहरूमा गरेको आक्रमणले देशको तेल संरचनाहरूलाई बचाएपछि सोमबार एशियाली कारोबारको सुरुआतमै तेलको मूल्यमा गिरावट आएको छ ।

इरानी तेल संरचनाहरूमा इजरायली आक्रमण नभएपछि व्यापारीहरूले राहत महसुस गरेसँगै तेलको मूल्यमा गिरावट आएको हो ।

डिसेम्बर डेलिभरीका लागि नर्थ सी ब्रेन्टको मूल्य चार दशमलव शून्य पाँच प्रतिशतले घटेर प्रतिब्यारेल चार सय ७२ दशमलव ९७ डलरमा झरेको छ । वेस्ट टेक्सास इन्टरमिडिएट चार दशमलव १९ प्रतिशतले घटेर चार सय ६८ दशमलव ७७ डलर कायम भएको छ ।

इजरायलले सप्ताहन्तमा इरानका विभिन्न प्रान्तमा रहेका क्षेप्यास्त्र कारखाना र सैन्य सुविधाहरूमा आक्रमण गरेको बताएको छ ।

‘इजरायलको आक्रमणले ऊर्जा स्थलहरूलाई सावधानीपूर्वक बचाउँदै इरानसँगको पूर्ण युद्धको डरलाई कम गरेको छ’, एसपीआई एसेट म्यानेजमेन्टका विश्लेषक स्टिफन इन्नेसले भने, ‘अझ धेरै स्पष्ट प्रतिक्रिया इरानको छ । आफ्ना चेतावनीहरूले इजरायलको कुनै पनि आक्रामक कारबाहीलाई रोक्न सक्छ भन्दै इरानले आक्रमणको प्रभावलाई कम आकलन गरेको छ । यसले आगामी दिनहरूमा तेलको जोखिम प्रिमियममा सम्भावित निरन्तर घटाउने अवस्था सिर्जना गर्दछ ।’

उनका अनुसार तनाव थप कम भएमा मूल्यमा गिरावट जारी रहन सक्छ । व्यापारीहरूले सन् २०२५ को आपूर्ति बढीको सम्भावनामा ध्यान केन्द्रित गरिरहेकाले सम्भवतः प्रतिब्यारेल चार सय ६० डलरसम्म झर्न सक्छ ।

रासस/एएफपी

लेखकको बारेमा
एजेन्सी

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?