१४ कात्तिक, काठमाडौं । बंगलादेशकी रितु पोर्ना चक्मा साफ वुमन्स च्याम्पियनसिप २०२४ को उत्कृष्ट खेलाडी घोषित भएकी छन् । बंगलादेशलाई लगातार दोस्रो पटक च्याम्पियन बनाउन रितुले उत्कृष्ट प्रदर्शन गरिन् ।
रितुकै निर्णायक गोल मदतमा बंगलादेशले बुधबार भएको फाइनलमा घरेलु टोली नेपाललाई २-१ ले पराजित गर्दै उपाधि रक्षा गरेको हो । यसअघि २०२२ मा पनि बंगलादेशले काठमाडौंमै नेपाललाई हराएर उपाधि जितेको थियो ।
बंगलादेशकै गोलकिपर रुपना चक्मा उत्कृष्ट गोलकिपर घोषित भइन् । उनी लगातार दोस्रो पटक साफमा उत्कृष्ट गोलकिपर घोषित भएकी हुन् ।
बंगलादेशले उपाधि बाहेक दुई अवार्ड जित्दा भुटानले पनि दुई अवार्ड जित्यो । सेमिफाइनलसम्म पुगेको भुटानले फेयर प्लेको अवार्ड अवार्ड जित्यो । यस्तै भुटानकी फरवार्ड देकी लाजोमले सर्वाधिक गोलकर्ताको अवार्ड पाइन् । उनले प्रतियोगिताभर एक ह्याट्रिकसहित सर्वाधिक ८ गोल गरिन् । लाजोमले समूह्य चरणमा माल्दिभ्स विरुद्ध ५ गोल गरेकी थिइन् ।
प्रतिक्रिया 4