+
+

बलात्कार मुद्दामा ७ वर्ष कैद तोकिएका एक युवक पक्राउ

अनलाइनखबर अनलाइनखबर
२०८१ कात्तिक १५ गते १२:३८

१५ कात्तिक, काठमाडौं । बलात्कार मुद्दाका एक फरार प्रतिवादी पक्राउ परेका छन् ।

पक्राउ पर्नेमा कपिलवस्तु नगरपालिका–१० पचेहरा बस्ने ३८ वर्षीय त्रियुगी केवट छन् । उनलाई जिल्ला प्रहरी कार्यालय कपिलवस्तुको टोलीले पक्राउ गरेको हो ।

बलात्कार मुद्दामा उनलाई २५ असोज २०८० मा ७ वर्ष कैद सजाय तोकिएको थियो । फरार केवटलाई पचेहराबाटै पक्राउ गरिएको जिल्ला कपिलवस्तुका एसपी निरञ्जन भट्टराईले बताए । उनलाई कैद भुक्तानका लागि कारागार चलान गरिएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?