+
+

कोशीमा प्रहरी अनुसन्धानमा खटिन्छन् १२ तालिमप्राप्त कुकुर

अनलाइनखबर अनलाइनखबर
२०८१ कात्तिक १५ गते १६:२९

१५ कात्तिक, विराटनगर । कोशी प्रदेशमा अपराध अनुसन्धानका लागि प्रहरीले १२ वटा कुकुरको प्रयोग गर्दै आएको छ । कोशीमा कुकुर परिचालनका लागि दुई स्थानमा केनाइन शाखा छन् ।

प्रदेश प्रहरी कार्यालय विराटनगरका अनुसार धरानमा प्रदेशको केनाइन शाखा छ, विराटनगर विमानस्थलमा पनि तालिमप्राप्त कुकुर छन् ।

प्रदेशमा अपराधमा संलग्नको खोजी, विष्फोटक पदार्थ, लागूऔषध अनुसन्धान र दैवी प्रकोपमा प्रयोग गरिन्छ ।

नेपालमा प्रहरीले कुकुरको प्रयोग गरेर अनुसन्धान सुरु गरेको २०३२ सालदेखि हो । कोशी प्रदेशमा भने २०४७ सालमा धरानमा केनाइन शाखा स्थापना भएको थियो । विराटनगर विमानस्थलमा २०७० सालमा केनाइन शाखा स्थापना गरिएको थियो ।

कोशी प्रदेश केनाइन शाखा प्रमुख प्रहरी नायव निरीक्षक यमबहादुर श्रेष्ठका कोशी प्रदेशमा अपराध अनुसन्धानका लागि पिकु, पारु, ज्याक, पिङ्कु, ड्यूक, जिभा, रेन्जर, रक, म्यागी, माया, लियो र सागर नामका कुकुर छन् ।

प्रहरीसँग रहेको कुकुरलाई अनुसन्धानमा प्रयोगका लागि एउटा कुकुरका लागि एक ह्याण्डलर खटिएका छन् ।

गम्भीर प्रकृतिको घटनाहरुमा अपराधी पहिचान गर्न ‘ट्र्याकिङ डग’ लिएर ह्याण्डलर प्रहरी पुग्छन् । कुकुरलाई ‘डग ह्यान्डलर’ प्रहरीले प्रत्येक दिन बिहान आधा घण्टा पिटी खेलाउँछन् । खाजापछि विषयगत तालिम दिइन्छ । कुकुरको तालिम दैनिक हुन्छ । कुकुरलाई जसले तालिम दियो, उसैले अनुसन्धानमा खटाउने गरेका छन् ।

कोशी प्रदेशका प्रहरी प्रमुख डीआईजी चन्द्रकुवेर खापुङ अपराध अनुसन्धानमा कुकुरको प्रयोग प्रभावकारी भइरहेको बताए । जटिल प्रकृतिका अनुसन्धानमा कुकुरको प्रयोग गर्ने गरेको उनले बताए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?