+

गर्भ बसेको पहिलो महिना कस्तो हुन्छ ?

२०८१ कात्तिक  २० गते ९:२४ २०८१ कात्तिक २० गते ९:२४
गर्भ बसेको पहिलो महिना कस्तो हुन्छ ?

गर्भ बसेको पहिलो महिना गर्भवती महिलाका लागि अनौठौं र नयाँ अनुभव हुने समय हो । गर्भमा सन्तान छ भन्ने थाहा भएपछि महिला भावनात्मक रूपमा पनि कमजोर महसुस गर्न थाल्छन ।

उनीहरु स-साना कुरालाई समेत गम्भीर रुपले सोच्न थाल्छन् । मनमा अनेक विचार आउँछन् । सुरुको एक महिनामा गर्भवती महिलाले केही लक्षण अनुभव गर्छन् ।

मुडमा परिवर्तन

गर्भावस्था सुरु भएपछि हर्मोनको स्तर नाटकीय ढंगले उच्च हुन्छ । जसले कहिले अन्य समयभन्दा अत्यधिक भावुक, कुनैबेला अति उत्साहित, त कहिले निराश बनाउँछ ।

वाकवाक लाग्नु

हर्मोनकै कारण खाना खानेबित्तिकै वा खाइसकेपछि वाकवाकी लाग्न सक्छ । यस्तोमा अत्यधिक फाइबर र दैनिक हल्का व्यायाम गर्दा ठीक हुन्छ ।

महिनावारीको जस्तो पेट दुखा

केही महिलाले यो समयमा महिनावारीको जस्तो पेट, कम्मरको दुखाइ अनुभव गर्न सक्छिन् । दुखाइ बढ्दै गयो भने चिकित्सकलाई भेट्नुपर्छ ।

दाग देखा पर्न सक्छ

यदि पेन्टीमा रगतको दाग जस्तो लागेको छ भने त्यो भ्रूण विकास हुन लागेको रक्तस्राव हुनसक्छ ।

पटकपटक पिसाब लाग्नु

गर्भवती भएपछि शरीरमा रगतको मात्रा बढ्न थाल्छ । यसको मतलब मिर्गौलालाई तरल पदार्थ प्रशोधन गर्न थप समय लाग्छ । यो सिलसिला समयसँगै कम हुन्छ ।

स्तन दुख्नु

यो समयमा स्तन संवेदनशील हुन्छ । र, हल्का दुखेको वा सुन्निएको अनुभव हु्न्छ ।

थकान

अन्य समयभन्दा यो समयमा बढी थकाइ लाग्न सक्छ । कारण भनेको प्रोजेस्टोरोन हर्मोनको परिवर्तन हो ।

खानेकुरामा मन नलाग्नु

गर्भवती हुने बित्तिकै कुनै महिलालाई मनपर्ने खानेकुरा पनि मन नपर्न सक्छ । तर सबैको हकमा त्यस्तो नहुनसक्छ ।

सन्तानको विकास कति हुन्छ ?

गर्भधारण गर्ने बित्तिकै निषेचन भएको अण्डा डिम्बाहिनी नलीसम्म पुग्छ । अण्डा कोषिकाहरुमा विभाजित हुन्छ, जसमा केही भ्रुण बन्छन् । केही प्लासेन्टा बन्छ । प्लासेन्टाले बच्चाको लागि पोषण तयार गर्छ ।

यी सावधानी अपनाउनुहोस्

गर्भावस्थाको पहिलो महिनामा स्वस्थ गर्भावस्थाका लागि केही सावधानी अपनाउनु महत्वपूर्ण छ ।

– चिकित्सकको परामर्श लिई फोलिक एसिड र अन्य भिटामिन खानुपर्छ ।

– गर्भावस्थामा आराम होइन, सक्रिय रहनुपर्छ । यसो भन्दैमा भारी काम गर्ने, भारी सामान उचाल्नु कार्य भने गर्नुहुँदैन ।

– व्यक्तिगत स्वास्थ्य र गर्भावस्थामा पर्ने आवश्यकताबारे स्वास्थ्य सेवा प्रदायकसँग परामर्श गर्नुपर्छ ।

चेक लिस्ट

– पहिलो महिना सही चिकित्सक र अस्पताल छनोट गर्ने बेला हो । किनकि पहिलो महिनादेखि नै नियमित चेकजाँच तथा चिकित्सकको निगरानीमा बस्नुपर्ने हुन्छ ।

– चिकित्सकलाई पोषणको सूची माग्न सकिन्छ । चिकित्सकले के खाने ? के नखाने ? कति मात्रा खाने सूची दिन्छ्न ।

गर्भधारण डा. कीर्तिपाल सुवेदी

धेरै कमेन्ट गरिएका

डा. कीर्तिपाल सुवेदी
लेखक
डा. कीर्तिपाल सुवेदी
प्रसूति तथा स्त्रीरोग विशेषज्ञ

मेडिकल काउन्सिल दर्ता नम्बर : ७८२२ एमबीबीएस, एमडी, स्त्रीरोग ओन्कोलोजीमा फेलोसिप ल्याप्रोस्कोपिक सर्जन, हाल भेरी अस्पताल नेपालगञ्जमा प्रसूति तथा  स्त्रीरोग वरिष्ठ  कन्सल्टेन्टको रुपम कार्यरत

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय

फिचर

‘नेपालमा यौन समस्याबारे छलफल हुँदैन, यसले सम्बन्ध बिगार्न सक्छ’

‘नेपालमा यौन समस्याबारे छलफल हुँदैन, यसले सम्बन्ध बिगार्न सक्छ’

गर्भ निरोधक सुई कति प्रभावकारी ?

गर्भ निरोधक सुई कति प्रभावकारी ?

गर्भ रहेको संकेत कस्तो हुन्छ ?

गर्भ रहेको संकेत कस्तो हुन्छ ?

आत्मसम्मान घट्ने र निराशा बढाउने कारक बनिरहेका सामाजिक सञ्जाल

आत्मसम्मान घट्ने र निराशा बढाउने कारक बनिरहेका सामाजिक सञ्जाल

शव चिरेर मृत्युको कारण खोज्ने डाक्टर

शव चिरेर मृत्युको कारण खोज्ने डाक्टर

तिहारमा दिइने भाइमसलाका के छन् फाइदा ?

तिहारमा दिइने भाइमसलाका के छन् फाइदा ?