१७ कात्तिक, काठमाडौं । एएफसी बर्नमाउथले प्रिमियर लिगमा म्यानचेष्टर सिटीलाई २-१ ले पराजित गर्दै ऐतिहासिक जित हात पारेको छ ।
एन्टोइन सेमेन्यो र इभानलिसनको गोलमा बर्नमाउथले पहिलो पटक सिटीलाई पराजित गरेको हो । यसअघिको २१ भेटमा बर्नमाउथले सिटीलाई हराउन सककेो थिएन ।
पछिल्लो दुई खेलमा एस्टन भिल्ला र आर्सनल विरुद्ध कूल ४ अंक जोडेर लयमा रहेको बर्नमाउथले त्यही लयलाई निरन्तरता दिँदै सिटीलाई हरायो ।
घरेलु मैदान भाइटालिटी स्टेडियममा भएको खेलमा सेमेन्योले नवौँ मिनेटमै गोल गर्दै बर्नमाउथलाई अग्रता दिलाएका थिए ।
६४औं मिनेटमा इभानलिसनले गोल गर्दै बर्नमाउथको अग्रता दोब्बर पारे ।
सिटीका लागि जस्को गार्डिओलले गोल फर्काएपनि हार टार्न पर्याप्त भएन ।
हारपछि सिटी १० खेलबाट २३ अंकसहित दोस्रो स्थानमा छ । ब्राइटन विरुद्ध पुनरागमन जित हात पारेपछि लिभरपुल शीर्ष स्थानमा उक्लेको छ । बर्नमाउथ १० खेलबाट १५ अंक जोडेर आठौं स्थानमा उक्लेको छ ।
प्रतिक्रिया 4