१८ कात्तिक, काठमाडौं । वेष्ट इन्डिजका पावर हिटर चाडविक वाल्टनले नेपाल प्रिमियर लिग (एनपीएल) कर्णाली याक्सबाट खेल्ने भएका छन् । कर्णालीले आइतबार विज्ञप्ति जारी गर्दै ३९ वर्षीय दायाँ हाते ब्याटर वाल्टनलाई अनुबन्ध गरिएको जानकारी दिएको हो ।
वाल्ड एनपीएलमा लागि कर्णाली याक्सलेले भित्र्याएको उनी तेस्रो विदेशी खेलाडी हुन् । यसअघि नै कर्णालीले पाकिस्तानका अलराउन्डर मोहम्मद हुसैन तलात र हङकङका ओपनर ब्याटर बाबर हायतलाई अनुबन्ध गरिसकेको छ ।
सन् २०१४ मा अकल्यान्डमा घरेलु टोली न्युजिल्यान्डविरुद्ध टी२० आईमा डेब्यु गरेको वाल्टनले १९ टी-२०आई खेल खेलेका छन् । जसमा उनले २ सय २५ रन बनाएका छन् । त्यस्तै, वेष्ट इन्डिजका लागि उनले २ टेष्ट र ९ ओडिआई म्याच पनि खेलेका छन् ।
वाल्टनलाई अनुबन्ध गरेपछि कर्णाली याक्सका प्रशिक्षक ज्ञानेन्द्र मल्लले टिम थप मजबुत हुने आशा गरे । ‘वाल्टन वेष्ट इन्डिजका अनुभवी ब्याटर हुन् । उनको आगमनपछि तीन विदेशी खेलाडी भएका छन्,’ प्रशिक्षक मल्लले भने, ‘टिम थप मजबुद भएको पाएको छु ।’
कर्णाली याक्सको मार्की प्लेअरमा नेपाली राष्ट्रिय टोलीका अलराउन्डर सोमपाल कामी छन् । यस्तै मुख्य प्रशिक्षकमा राष्ट्रिय टिमका पूर्व कप्तान ज्ञानेन्द्र मल्ल छन् ।
तीन विदेशी खेलाडी अनुबन्ध गरेपछि कर्णाली याक्समा खेलाडी संख्या १४ पुगेको छ ।
जसमा एक मार्की खेलाडी अक्सनबाट अनुबन्ध गरिएङ्का १० खेलाडी र ३ विदेशी खेलाडी छन् । अब कर्णालीले १ विदेशी खेलाडी अनुबन्ध गर्न बाँकी छ । यस्तै ट्यालेन्ट हन्टबाट १ खेलाडी राख्नुपर्नेछ ।
कर्णाली याक्सले हस्पिटालिटी पार्टनरमा होटल हिल्टनसँग सम्झौता गरिसकेको छ ।
नेपाल क्रिकेट संघ क्यानको आयोजनामा मंसिर १५ देखि पुस ६ गतेसम्म हुने एनपीएलमा ८ टोलीले प्रतिस्पर्धा गर्नेछन् ।
कर्णाली याक्स टोली : सोमपाल कामी, गुल्शन झा, देव खनाल, नन्दन यावद, अर्जुन घर्ती, रित गौतम, मौसम ढकाल, भुवन कार्की, दीपेन्द्र रावत, युनिशविक्रम सिंह ठकुरी, दीपक डुम्रे ।
विदेशी खेलाडी : हुसेन तलात, बाबर हायत, चाडविक वाल्टन ।
प्रतिक्रिया 4