+
+

अमेरिकी राष्ट्रपति चुनावमा ट्रम्प जित उन्मुख, समर्थकलाई सम्बोधन गर्ने तयारी

फ्लोरिडास्थित चुनावी अभियानको कार्यालयमा ट्रम्पका समर्थकहरु ठूलो संख्यामा भेला भएका छन् । त्यहाँ ट्रम्पले सम्बोधन गर्ने तयारी भइरहेको अन्तर्राष्ट्रिय सञ्चार माध्यमले जनाएका छन् ।

अनलाइनखबर अनलाइनखबर
२०८१ कात्तिक २१ गते १२:४०
Photo Credit : AP

२१ कात्तिक, काठमाडौं । अमेरिकाको राष्ट्रपति निर्वाचनमा रिपब्लिकन उम्मेदवार डोनाल्ड ट्रम्पको जित उन्मुख भएका छन् ।

१९ इलेक्टोरल भोट भएको पेन्सलभेनियाको नतिजा टम्पतिर जाने देखिएको छ । यद्यपि औपचारिक प्रोजेक्सन भने होइन । तर यो रिपब्लिकन समर्थकका लागि ठूलो खुसी हो । किनकी पेन्सलभेनिया जितेसँगै ट्रम्पको इलेक्टोरल भोट २६६ हुनेछ । जबकी राष्ट्रपतिमा निर्वाचित हुन २७० चाहिन्छ ।

अमेरिकी राष्ट्रपति चुनावमा सात स्वीङ स्टेटलाई निर्णायक मानिएको थियो । ट्रम्पले सुरुमा नर्थ क्यारोलिना जिते । १६ इलेक्टोरल भोट भएको यो राज्यमा २०२० को चुनावमा पनि ट्रम्प नै विजयी भएका थिए । फ्लोरिडामा भने उनले परिणाम उल्टाए ।

२०२० मा जो बोइडेनले जितेको यो राज्यमा यो पटक ट्रम्पले बाजी मारे । यहाँ पनि १६ इलेक्टोरल भोट छ ।

एकपछि अर्को स्वीङ स्टेटमा पाएको सफलतासँगै ट्रम्पले आफ्ना समर्थकलाई सम्बोधन गर्ने तयारी भइरहेको छ । फ्लोरिडास्थित चुनावी अभियानको कार्यालयमा उनका समर्थकहरु ठूलो संख्यामा भेला भएका छन् । त्यहाँ ट्रम्पले सम्बोधन गर्ने तयारी भइरहेको अन्तर्राष्ट्रिय सञ्चार माध्यमले जनाएका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?