+
+

इजरायली प्रधानमन्त्री नेतान्याहुले फेरि गरे रक्षामन्त्री बर्खास्त

नेतान्याहुले गालान्टलाई बर्खास्त गरेको पछिल्लो दुई वर्षमा यो दोस्रोपटक हो । यसअघि पनि यस्तै आरोप लगाएर बर्खास्त गरे पनि गालान्ट एक महिनाभित्रै पुनः सोही पदमा फर्किएका थिए ।

अनलाइनखबर अनलाइनखबर
२०८१ कात्तिक २१ गते १३:१८
योभ गालान्ट

२१ कात्तिक, काठमाडौं । इजरायलका प्रधानमन्त्री बेन्जामिन नेतान्याहुले मंगलबार रक्षामन्त्री योभ गालान्टलाई बर्खास्त गरेका छन् । रक्षामन्त्री गालान्टसँग विश्वासको वातावरण कमजोर बनेको र युद्धको समयमा यस्तो हुनु राम्रो नहुने भन्दै नेतान्याहुले उनलाई पदमुक्त गरेका हुन् ।

टाइम्स अफ इजरायलका अनुसार नेतान्याहुले विदेशमन्त्री इजरायल काट्जलाई रक्षामन्त्रीको जिम्मेवारी दिने तयारी गरेका छन् । विदेशमन्त्रीमा गिदोन सारले जिम्मेवारी पाउनेछन् ।

मंगलबार राति ८ बजे नेतान्याहुको कार्यालयबाट गालान्टलाई पत्र हस्तान्तरण गरिएको थियो । पत्रमा नेतान्याहुले पत्र पाएको ४८ घण्टापछि रक्षामन्त्रीको कार्यकाल समाप्त हुने लेखेका थिए ।

रक्षामन्त्री बर्खास्त गरेपछि एक भिडियो सन्देशमा तान्याहुले भने, ‘युद्धको सुरुमा हामीबीच विश्वास थियो, हामीले सँगै धेरै काम गर्‍यौं, तर पछिल्ला केही महिनामा हामीबीचको यो विश्वास खस्कँदै गइरहेको छ।’

भिडियो सम्बोधनमा उनले अगाडि थपेका छन्, ‘युद्धका धेरै पक्षमा हामी एकअर्कासँग सहमत थिएनौं। पटकपटक मन्त्रिपरिषदको निर्णयमा सहमति नभएको अभिव्यक्ति दिएका थिए ।’

उनले ग्यालेन्टको अभिव्यक्तिले दुश्मनहरूलाई फाइदा पुगेको पनि आरोप लगाए । ‘मैले हामीबीचको दूरी कम गर्न धेरै पटक प्रयास गरें, तर हुन सकेन’ नेतान्याहुले भनेका छन्, ‘बिस्तारै यो जनतामा पनि देखिन थालेको छ। हाम्रा शत्रुहरूले यसको फाइदा उठाउन थाल्नु सबैभन्दा खराब कुरा भयो।’

नेतान्याहुले गालान्टलाई बर्खास्त गरेको पछिल्लो दुई वर्षमा यो दोस्रोपटक हो । यसअघि पनि यस्तै आरोप लगाएर बर्खास्त गरे पनि गालान्ट एक महिनाभित्रै पुनः सोही पदमा फर्किएका थिए ।

गालान्टले भने देशको रक्षा गर्नु आफ्नो कर्तव्य भएको प्रतिक्रिया दिएका छन् । ‘इजरायलको सुरक्षा सधैं मेरो जीवनको लक्ष्य हो र भविष्यमा पनि रक्षा गर्न तयार हुनेछु’ राजीनामापछिको पत्रकार सम्मेलनमा भावुक हुँदै उनले भने, ‘मलाई बर्खास्त गर्नुको कारण असोज ७ को हमलामा अपहरणमा परेका जनताको रिहाइ र युद्धको छानबिन आयोग गठनको माग थियो ।’

उनले आगामी वर्षहरूमा इजरायलले धेरै कठिनाइहरूको सामना गर्ने बताए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?