+
+

उपचुनाव लक्षित गर्दै ७ मंसिरमा काठमाडौंमा एमालेको सभा

अनलाइनखबर अनलाइनखबर
२०८१ कात्तिक २४ गते १८:३३

२४ कात्तिक, काठमाडौं । नेकपा एमालेले आगामी ७ मंसिरमा उपचुनाव लक्षित सभा गर्ने तयारी गरेको छ ।

शनिबार केन्द्रीय मूख्यालय च्यासलमा बसेको सचिवालय बैठकले उम्मेदवारहरु टुंग्याउँदै जनसभाबारे निर्णय गरेको हो । एमाले निर्णय अनुसार उपत्यकाका काठमाडौं, भक्तपुर र ललितपुर जिल्ला कमिटीको संयुक्त आयोजनामा काठमाडौंमा जनसभा हुनेछ ।

‘यो जनसभालाई उपचुनाव लक्षित बनाउने कुरा भएको छ । त्यही अनुसार जनशक्ति उतार्ने गरी पार्टी पंक्ति परिचालित गर्छौ’, एक पदाधिकारीले भने । उनका अनुसार जनवर्गीय संगठनहरु परिचालित गरेर सभालाई बृहत बनाइनेछ ।

एमालेको बैठकले उपचुनावका लागि मातहतको कमिटीबाट सर्वसहमत टुंगिएकै उम्मेदवारहरु अनुमोदन गरेको छ । उम्मेदवार टुंगिन बाँकी दैलेखको महाबु गाउँपालिकाको अध्यक्षबारे निर्णय लिने अधिकार सचिवालयले प्रदेश कमिटीलाई दिएको छ ।

बैठकपछि उपमहासचिव प्रदीप ज्ञवालीले मातहतको कमिटीले उम्मेदवार टुंग्याउने निर्णय गरेको बताएका हुन् । राजधानी उपत्यकामा जनसभा सहित शक्ति प्रदर्शनको निर्णय गरेको एमालेले उपचुनाव हुने अरु क्षेत्रमा पनि सम्पूर्ण शक्ति परिचालित गर्ने निर्णय गरेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?