+

सोसिडाडसँग बार्सिलोना स्तब्ध

२०८१ कात्तिक  २६ गते ८:१८ २०८१ कात्तिक २६ गते ८:१८
सोसिडाडसँग बार्सिलोना स्तब्ध

२६ कात्तिक, काठमाडौं । स्पानिस ला लिगाको शीर्ष स्थानमा रहेको बार्सिलोना रियल सोसिडाडसँग १-० ले स्तब्ध भएको छ । यस सिजन उत्कृष्ट प्रदर्शन गरिरहेको बार्सिलोना ला लिगामा दोस्रो पटक पराजित भएको हो ।

घरेलु मैदा नरिएले एरेनामा भएको खेलमा सोसिडाडका लागि सेराल्डो बेकरले ३३औं मिनेटमा निर्णायक गोल गरे ।

त्यसअघि रोवर्ट लेवान्डोस्कीले १३औं मिनेटमै गोल गरेपनि भिएआरले मान्यता दिएन ।

बार्सिलोना १३ खेलबाट ३३ अंकसहित शीर्ष स्थानमै कायम छ । दोस्रो स्थानको रियल मड्रिड भन्दा बार्सिलोना अझै ६ अंकले अघि छ ।

जितपछि सोसिडाड १३ खेलबाट १८ अंक जोडेर आठौं स्थानमा उक्लेको छ ।

बार्सिलोना रियल सोसिडाड स्पानिस ला लिगा

धेरै कमेन्ट गरिएका

लेखक
अनलाइनखबर
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय