+
+

जाजरकोट दुर्घटनाका ९ गम्भीर घाइतेलाई सुर्खेत ल्याइँदै

अनलाइनखबर अनलाइनखबर
२०८१ कात्तिक २६ गते १४:५९

२६ कात्तिक, सुर्खेत । जाजरकोटमा भएका छुट्टाछुट्टै दुई वटा सवारी दुर्घटनामा गम्भीर घाइते भएका ९ जनालाई थप उपचारका लागि सुर्खेत ल्याइने भएको छ ।

सोमबार दिउँसो भएको दुई सवारी दुर्घटनामा गम्भीर घाइते भएका ९ जनालाई नेपाली सेनाको हेलिकप्टरमार्फत सुर्खेत ल्याउन लागिएको हो ।

जिल्लाको भेरी नगरपालिका–१३ कदुमा भएको माइक्रोबस दुर्घटनामा २५ जना घाइते भएका छन् भने जिल्लाकै नलगाड नगरपालिकास्थित बाउसेखोलामा भएको दुर्घटनामा ७ जना घाइते भएका थिए ।

दुईवटा सवारी दुर्घटनामा परी ३२ जना घाइतेमध्ये ९ जनाको अवस्था गम्भीर भएपछि नेपाली सेनाको हेलिकप्टरमार्फत सुर्खेतस्थित प्रदेश अस्पतालमा पठाउने तयारी भइरहेको जिल्ला प्रहरी कार्यालय जाजरकोटका प्रमुख पुरुषोत्तम पाण्डेले जानकारी दिए ।

‘भेरीका ७ र नलगाड दुर्घटनाका २ जना गम्भीर घाइते भएका छन्’, डीएसपी पाण्डेले भने, ‘उहाँहरूलाई सेनाको हेलिकप्टरमार्फत सुर्खेत पठाउने तयारी भइरहेको छ ।’

उनका अनुसार अन्य सामान्य घाइते भएको उनीहरूको उपचार जिल्ला अस्पताल जाजरकोटमा उपचार भइरहेको छ ।

जाजरकोट प्रहरीका अनुसार, जाजरकोटबाट नेपालगञ्ज जाँदै गरेको बा ५ ख १८९२ नम्बरको माइक्रोबस कुदु नजिक दुर्घटना भएको थियो ।

त्यस्तै शुक्रबार दिउँसो नै बारेकोट गाउँपालिकाबाट सदरमुकामतर्फ आइरहेको भे १ ज ५९५ नम्बरको जिप नलगाड नगरपालिका–४ बाउसे खोलामा दुर्घटना भएको हो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?