+
+
WC Series
लुम्बिनी लायन्स 2025
0/0
VS
जनकपुर बोल्ट्स 2025
0/0
Shares
यू-१९ महिला टी-२० विश्वकप छनोट :

कप्तान पूजाको सानदार शतकमा नेपालले कुवेतलाई दियो २१४ रनको लक्ष्य

अनलाइनखबर अनलाइनखबर
२०८१ कात्तिक २७ गते १२:५८

२७ कात्तिक, काठमाडौं । यूएईमा जारी आईसीसी यू-१९ महिला टी-२० विश्वकप छनोटअन्तर्गत आफ्नो चौथो खेलमा नेपालले कुवेतलाई २१४ रनको लक्ष्य दिएको छ ।

दुबईस्थित दी सेभेन्स मैदानमा पहिले ब्याटिङ गरेको नेपालले कप्तान पूजा महतोको सानदार शतकमा २ विकेट गुमाएर २१३ रन बनायो ।

नेपालकी कप्तान पुजा महतोले १३० र सोनी पाख्रिन ४३ रनको अविजित इनिङ खेले । पूजाले ६९ बलमा १७ चौकासहित १३० रन बनाउँदा सोनी ३३ बलमा दुई चौका मद्दतमा ४३ रनमा अविजित रहिन् ।  उनीहरूले तेस्रो विकेटका लागि ८४ बलमा १५७ रनको साझेदारी गरे ।

सावित्रि धामीले ११ र  सान प्रविनले ६ रन बनाए ।

कुवेतकी जिफा जिलानी र रेलिन मारिया डी सोउजाले एक/एक विकेट लिए ।

प्रतियोगितामा चारमध्ये तीन खेल जितेको नेपालले यसअघि पहिलो खेलमा कुवेतलाई १०८ रनले हराएको थियो । नेपाल ४ खेलबाट ६ अंकसहित दोस्रो स्थानमा छ । कुवेत भने लगातार चार हार व्यहोर्दै अंकविहीन छ ।

नेपालले पहिलो खेलमा थाइल्याण्डलाई ६७ रनले र दोस्रो खेलमा कुवेतलाई १०८ रनले पराजित गरेको थियो । त्यसपछि यूएईसँग १३ रनले पराजित भएको नेपालले थाइल्याण्डलाई फेरि १०६ रनले हरायो ।

चार टोली सहभागी छनोट प्रतियोगितामा डबल राउण्ड रोविनका आधारमा खेल भइरहेको छ र शीर्ष स्थानमा रहने टोली मात्र यू-१९ महिला टी-२० विश्वकपमा छनोट हुनेछ ।

घरेलु टोली यूएई सबै चार खेल जितेर ८ अंकसहित शीर्ष स्थानमा छ । यूएईले आज थाइल्याण्डसँग खेल्नेछ ।

लिग चरणको अन्तिम खेलमा बुधबार नेपालले यूएईको सामना गर्नेछ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?