+
+

अपडेटः रास्वपाका पदाधिकारीहरू विरुद्धको अवेहलना निवेदन दर्ता गर्न आदेश

अनलाइनखबर अनलाइनखबर
२०८१ कात्तिक २७ गते १७:१०

२७ कात्तिक, काठमाडौं । सर्वोच्च अदालतले राष्ट्रिय स्वतन्त्र पार्टीका पदाधिकारीहरु विरुद्ध पेश भएको अदालतको अवहेलना सम्बन्धी निवेदन दर्ता गर्न आदेश दिएको छ । न्यायाधीश विनोद शर्माको इजलासले यसअघि निवेदन दर्ता गर्न अस्विकार गर्ने आदेश(दरपीठ आदेश) बदर गरेको हो ।

यसअघि सर्वोच्च अदालत प्रशासनले राष्ट्रिय स्वतन्त्र पार्टीका केन्द्रीय पदाधिकारीहरु विरुद्ध पेश भएको ‘अदालतको अवेहलना’ निवेदन  दर्ता गर्न अस्वीकार गरेको थियो । त्यसविरुद्ध परेको निवेदनमा न्यायाधीश शर्माको इजलासले दरपिठ आदेश बदर गरेको हो ।

सर्वोच्च अदालतका सहरजिष्ट्रार अच्युत कुईकेलले ‘कहाँ कुन घटनाले कसरी अदालतको अवहेलना भएको हो ?’ भन्ने विवरण नखुलाइएको भन्दै रिट निवेदन दर्ता गर्न अस्वीकार (दरपीठ) गर्ने आदेश गरेका थिए ।

सहकारी ठगीको आरोपमा रवि लामिछाने पक्राउ परेपछि रास्वपाका केन्द्रीय पदाधिकारीहरू सहितका कार्यकर्ताले पोखरामा प्रदर्शन गर्दै आइरहेका छन् ।

अदालतबाट म्याद थप गरी थुनामा राखिएको घटनामा सडक प्रदर्शन गरेर रास्वपाका केन्द्रिय पदाधिकारीहरुले अदालतको अवहेलना गरेको भन्दै अधिवक्ता अनुपम भट्टराईले सर्वोच्च अदालतमा अवहेलनाको निवेदन दर्ता गरेका थिए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?