+

आदित्यको ह्याट्रिकमा पुलिसले मनाङको पोष्टमा गर्‍यो ७ गोल

२०८१ कात्तिक  २८ गते १८:३५ २०८१ कात्तिक २८ गते १८:३५
आदित्यको ह्याट्रिकमा पुलिसले मनाङको पोष्टमा गर्‍यो ७ गोल

२८ कात्तिक, काठमाडौं । आदित्य ढुंगेलले ह्याट्रिक गरेपछि नेपाल पुलिस क्लबले ललित स्मृति एन्फा यू-१८ युथ लिगमा बुधबार मनाङ मर्स्याङ्दी क्लबलाई ७-० को पराकिलो अन्तरले पराजित गरेको छ ।

सातदोबाटोस्थित एन्फा कम्प्लेक्समा भएको खेलमा आदित्यले पहिलो हाफको २६औं र ४४औं मिनेटमा गरी दुई गोल गरेका थिए । उनले खेलको इन्जुरी टाइममा गोल गर्दै ह्याट्रिक पूरा गरेका थिए ।

यस्तै कप्तान विक्रम गौतमले ७९औं र ८५औं मिनेटमा गोल गरे । साजन राज गौतमले नवौँ र लक्षमण थानीले ११औं मिनेटमा गोल गरेका थिए ।

पहिलो स्थान र पुलिस र दोस्रो स्थानको मनाङबीचको खेल प्रतिस्पर्धात्मक हुने अपेक्षा भएपनि पुलिसले एकपषिय रुपमा जित हात पार्‍यो ।

जितपछि ९ खेलबाट २३ अंक जोडेको पुलिसले दोस्रो स्थानको मनाङमाथी ५ अंकको अग्तरा बनाएको छ । तेस्रो हार ब्यहोरेको मनाङको समान खेलबाट १९ अंक छ ।

चाडपर्व र विभिन्न प्रतियोगिताका कारण ब्रेक भएको यू१८ लिग बुधबारदेखि फेरि सुरु भएको हो । बुधबारको पहिलो खेलमा जावलाखेल युथ क्लबले एनआरटीलाई २-१ ले पराजित गरेको थियो ।

नेपाल पुलिस क्लब मनाङ मर्स्याङ्दी क्लब
लेखक
अनलाइनखबर
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय