+

भरतपुर महानगरपालिकाले यू–१९ विश्वकपमा छनोट महिला क्रिकेट टिमलाई सम्मान गर्ने

२०८१ कात्तिक  ३० गते १४:५९ २०८१ कात्तिक ३० गते १४:५९
भरतपुर महानगरपालिकाले यू–१९ विश्वकपमा छनोट महिला क्रिकेट टिमलाई सम्मान गर्ने

३० कात्तिक, चितवन । भरतपुर महानगरपालिकाले नेपाली महिला यू–१९ क्रिकेट टिममा छनोट भएका १४ खेलाडीलाई सम्मान गर्ने भएको छ । नेपाल चिकित्सक संघले गरेको एनएमए स्पोर्ट्स फिस्टको उद्घाटनमा उनले उक्त घोषणा गरेकी हुन् ।

गौतमबुद्ध अन्तर्राष्ट्रिय क्रिकेट रंगशालाको नमुना मैदानमा गत माघमा ६ दिनसम्म प्रतियोगिता सञ्चालन भएको थियो । ७ प्रदेशका देशभरका ११५ खेलाडी सम्मेलित प्रतियोगिताबाट २४ जना खेलाडीहरु विश्वकपको क्याम्पका लागि छनोट भएका थिए । २४ जनामध्येबाट छानिएका १४ जना महिला खेलाडी विश्वकपका लागि छनोट भएका हुन् ।

सन् २०२७ मा हुने यू–१९ विश्वकप क्रिकेट प्रतियोगिताका केही खेल नेपालमा गर्ने आईसीसी भरतपुरको गौतम बुद्ध अन्तर्राष्ट्रिय क्रिकेट रंगशालामा खेलाउने इच्छा रहेको बताइन् । नेपाल क्रिकेट संघ (क्यान) लाई यसका लागि आवश्यक वातावरण मिलाइदिन समेत उनले आग्रह गरिन् ।

अन्तर्राष्ट्रिय क्रिकेट परिषद् (आइसीसी)ले निकालेको तालिकाअनुसार सन् २०२७ को  महिला यू–१९ विश्वकप नेपाल र बंगलादेशमा हुनेछ ।

आईसीसी यू-१९ महिला टी २० विश्वकप भरतपुर महानगरपालिका

धेरै कमेन्ट गरिएका

लेखक
अनलाइनखबर
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय