२ मंसिर, काठमाडौं । कलाकार दयाहाङ राई नेपाल प्रिमियर लिग (एनपीएल) को फ्रेन्चाईज टिम विराटनगर किंग्सको गुडविल एम्बासडर नियुक्त भएका छन् ।
विराटनगरले आइतबार काठमाडौंमा एक कार्यक्रम गर्दै राईलाई गुडविल एम्बासडरको रूपमा सार्वजनिक गरेको हो । विराटनगर किंग्सका सहमालिक वेंकटेस मुन्द्राले दयाहाङलाई आधिकारिक रूपमा गुडविल एम्बासडर अनुबन्ध गरिएको घोषणा गरे ।
यो सम्झाैता एक वर्षका लागि हुने विराटनगर किंग्सले जानकारी दिएको छ ।

सन्दीप लामिछाने मार्की खेलाडी रहेको विराटनगरमा आयरल्याण्डका केभिन ओ’ब्रायन प्रशिक्षक छन् । कार्यक्रममा विराटनगर किंग्सका सहमालिक वेंकटेसले भने, ‘आजको दिन विशेष छ र फ्रेन्चाईज क्रिकेटमा नयाँ सुरुवात हुँदैछ । दयाहाङ राईलाई म हाम्रो टिमको गुडविल एम्बासडर घोषणा गर्दछु ।’
अभिनेता राईले एनपीएल नेपाली क्रिकेटमा नयाँ सुरुवात भएको बताए । ‘यसपाली तटस्थ बसेर एनपीएल हेराैँ भन्ने थियो तर, विराटनगरसँग जोडिएको छु’ उनले भने, ‘आफ्नै क्षेत्रको टिमसँग जोडिन पाउँदा खुशी छु ।’
उनले अगाडि थपे, ‘नेपाली क्रिकेट अहिले कहाँ पुगेको छ सबैलाई थाहा छ । क्रिकेटले हामी सबैलाई जोडेको छ ।’

 
                    










 २०८१ मंसिर  २ गते १६:२३
                        २०८१ मंसिर  २ गते १६:२३                     
                     
                                                                                                     
                                                                                                     
                                                                                                     
                                                                                                     
                                                                                                     
                                                                                                     
                     
                     
                     
                     
                 
                 
                 
                 
                 
         
                             
                             
                             
                             
                             
                             
                             
                             
                             
                             
                             
                             
     
     
     
     
     
                             
                             
                             
                             
                             
                            
प्रतिक्रिया 4