+

जनकपुर बोल्ट्सको जर्सी सार्वजनिक

२०८१ मंसिर  ३ गते १८:०० २०८१ मंसिर ३ गते १८:००
जनकपुर बोल्ट्सको जर्सी सार्वजनिक

३ मंसिर, काठमाडौं । नेपाल प्रिमियर लिग (एनपीएल) क्रिकेटको फ्रेन्चाइज टोली जनकपुर बोल्ट्सले आफ्नो आधिकारिक जर्सी सार्वजनिक गरेको छ ।

सोमबार जनकपुरमा कार्यक्रम गर्दै जनकपुरले आधिकारिक जर्सी सार्वजनिक गरेको हो । मधेस प्रदेशका खेलकुद मन्त्री प्रमोद जयसवालको उपस्थितिमा मार्की खेलाडी आसिफ शेखले आधिकारिक जर्सी रिभेल गरेका हुन् ।

सोही कार्यक्रममा नेपाली यू-१९ क्रिकेट टोलीकी कप्तान पुजा महतोलाई ‘फेस अफ द बोल्ट्स’को रूपमा सार्वजनिक पनि गरिएको थियो । साथै उनलाई ५० हजार रुपैयाँ नगद पुरस्कारसहित सम्मान समेत गरिएको थियो ।

कार्यक्रममा बोल्दै महतोले आफूलाई फेस अफ द बोल्टस बनाएर सम्मान गरेकोमा खुशी व्यक्त गर्दै जनकपुर टिमलाई धन्यवाद दिइन् भने एनपिएलको पहिलो संस्करणमै मधेश प्रदेशको प्रतिनिधित्व गरिरहेको जनकपुरलाई सफलताको शुभकामना समेत उनले दिइन् ।

एनपीएलका आठ फ्रेन्चाइजहरूमध्ये विराटनगर किङ्स र चितवन राइनोजबाहेक सबैले आधिकारिक जर्सी सार्वजनिक गरिसकेका छन् ।

एनपीएल आगामी मंसिर १५ गतेदेखि काठमाडौंमा सुरु हुँदै छ ।

एनपीएल जनकपुर बोल्ट्स

धेरै कमेन्ट गरिएका

लेखक
अनलाइनखबर
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय