
६ मंसिर, काठमाडौं । अमेरिकाको टेक्सास राज्यका अधिकारीहरूले नवनियुक्त राष्ट्रपति डोनाल्ड ट्रम्पलाई अवैध आप्रवासीहरूलाई बस्नका लागि जग्गा उपलब्ध गराउने बताएका छन् ।
बीबीसीका अनुसार अमेरिका–मेक्सिको सिमानामा अवैध आप्रवासीहरूलाई शिविर निर्माण गर्न टेक्सास राज्यले करिब १४०० एकड जमिन दिने प्रस्ताव गरेको हो ।
टेक्सास ल्यान्ड डिपार्टमेन्टका एक अधिकारीको पत्रमा ‘अमेरिकाको इतिहासमा हिंसात्मक अपराधीहरूलाई निर्वासन, अभियोग चलाउन वा हिरासतमा राख्न यस भूमिमा क्याम्प बनाउन सकिने’ उल्लेख छ ।
डोनाल्ड ट्रम्पले २० जनवरीमा दोस्रो पटक अमेरिकी राष्ट्रपतिको पदभार ग्रहण गर्नेछन् ।
ट्रम्पले चुनावी अभियानदेखि नै अवैध आप्रवासीप्रति कडा नीति अपनाउने बताउँदै आएका छन् भने चुनावमा विजय हासिल गरेपछि तदनुरूप नै नियुक्ति गरेका छन् ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
पुराना
लोकप्रिय
ट्रेन्डिङ
Advertisment
प्रतिक्रिया 4