 
																			७ मंसिर, काठमाडौं। नेकपा माओवादी केन्द्रका दुई जना नेताले कम्बोडिया भ्रमण रद्ध गरेका छन् ।
एसियाली राजनीतिक दलहरूको अन्तर्राष्ट्रिय सम्मेलन (आईक्याप) मा सहभागी हुन जानेहरूको सूचीमा माओवादी केन्द्रका नेता तथा पूर्व सभामुख अग्निप्रसाद सापकोटा र अर्का नेता गोकर्ण प्रकाश भट्ट पनि थिए ।
स्थानीय तहको उपनिर्वाचनमा ब्यस्त हुनुपर्ने भएकाले कम्बोडिया नगएको भट्टले बताए । सापकोटा पार्टीको बागमती प्रदेशको इन्चार्ज समेत हुन् ।
भट्टका अनुसार सम्मेलनमा ‘शान्ति र निरुपणसँग जोडिएको विषय र डिजिटल युगमा भ्रमक समाचारलाई राजनीतिक दलले कसरी सम्बोधन गर्ने भन्ने दुई सेसनमा सम्बोधन गर्न तीन÷तीन मिनेटको समय’ उपलब्ध गराउने निमन्त्रणमा थियो।
‘यता स्थानीय तहको उपनिर्वाचन छ। उता तीन मिनेटका लागि लामो समय दिनुपर्ने भयो। यसकारण गइएन,’ भट्टले भने।
सूचीमा रहेका एमालेका रघुबिर महासेठ, राजन भट्टराई, कांग्रेसका सुजाता कोइराला, दिव्यमणी राजभण्डारी लगायतका नेताहरू कम्बोडिया गइसकेका छन् ।
 
                









 
                     
                                 
                 
                 
                 
                 
                 
         
                                                 
                                                 
                                                 
                                                 
                                                 
                                                .png) 
                                                 
                                                 
                                                 
                                                 
                                             
                                             
                                             
                 
                 
                 
                 
                 
                 
                 
                
प्रतिक्रिया 4