७ मंसिर, काठमाडौं । इङ्लिस क्लब म्यानचेस्टर सिटीका व्यवस्थापक पेप ग्वार्डिओलाले क्लबसँग सम्झौता नवीकरण गरेका छन् । ग्वार्डिओलाले बिहीबार दुई वर्षको सम्झौता नवीकरणमा हस्ताक्षर गरेको क्लबले जनाएको छ ।
सम्झौतापछि अब ग्वार्डिओला सन् २०२७ सम्म सिटीमै रहनेछन् । सन् २०१६ मा सिटीको व्यवस्थापक बनेका ५३ वर्षीय स्पेनिस प्रशिक्षकले सिटीलाई ६ पटक प्रिमियर लिगको उपाधि जिताइसकेका छन् ।
ग्वार्डिओलाको सम्झौता अवधि सकिन लागेको भएपनि अहिले उपयुक्त समय नठानेको उल्लेख गर्दै उनी भन्छन्, ‘सिजनको सुरुवातदेखि नै मैले यो सिजन अन्तिम हुनसक्छ भनेर सोचिरहेको थिएँ, तर पछिल्लो समयमा हामीले भोगेको चारवटा हारपछि मैले महसुस गरें कि यो क्लब छाड्ने उपयुक्त समय होइन भनेर।’
‘म्यानचेस्टर सिटी मेरो लागि धेरै नै महत्त्वपूर्ण छ, हामीले धेरै रमाइलो क्षणहरू सँगै बिताएका छौं’ उनले भने, ‘सिटीमा मेरा लागि एउटा अलगै अनुभव छ त्यसकारण अझै दुई वर्ष क्लबमै रहन पाउँदा खुसी छु ।’
ग्वार्डिओलाले सिटीलाई ६ प्रिमियर लिग र एक च्याम्पियन्स लिगसहित १८ वटा उपाधिहरू दिलाइसकेका छन् ।
सम्झौता नवीकरणसँगै उनले अब सिटीमा प्रशिक्षकको रूपमा एक दशकभन्दा बढी समय बिताउने पक्का भएको छ ।
                    
                                                                                                    
                                                                                                    
                                                                                                    
                                                                                                    
                                                                                                    
                                                                                                    
                    
                    
                    
                    
                
                
                
                
                
        
                            
                            
                            
                            
                            
                            
                            
                            
                            
                            
                            
    
    
    
    
    
                            
                            
                            
                            
                            
                            
प्रतिक्रिया 4