+
+

पर्यटन प्रवर्द्धन गर्न बडिमालिकामा म्युजिक भिडियोको छायांकन

अनलाइनखबर अनलाइनखबर
२०८१ मंसिर ७ गते १६:४९

काठमाडौं । आन्तरिक पर्यटन प्रवर्द्धनको उद्देश्यसहित बाजुराको प्रसिद्ध पर्यटकीय र धार्मिक थलो बडिमालिकामा पहिलोपटक म्युजिक भिडियो छायांकन गरिएको छ । ब्याकप्याकर्स फिल्म नेपालले ‘भेडी गोठालो’ बोलको मर्मस्पर्शी गीत युट्युवमा सार्वजनिक गरेको छ ।

मबिन्द्र राईको शब्द र संगीत रहेको गीतमा प्रवीण गुरुङ र मिसन सिबिरागोको स्वर समावेश छ । प्रवीण, मिसन र नरेन्द्र शाही कलाकारको रुपमा छन् । भिडियो निर्देशन अनिल के मानन्धरले गरेका हुन् ।

भिडियोमा संगीतसँगै बडिमालिकामा भेडा चराउने गोठालाको जीवनशैली, संघर्ष र उनीहरुको संवेदनालाई चित्रण गरिएको छ । त्यहाँको आकर्षक हरियाली ल्यान्डस्केप र छायांकनले भिडियोलाई आकर्षक बनाएको छ ।

‘सुदुरपश्चिमको सुन्दर थलोलाई प्रवर्द्धन गर्ने मुख्य उद्देश्य हो’ भिडियो निर्देशक मानन्धरले भने, ‘कसरी स्थानीय बासिन्दाले भेडा चराएर जीविकोपार्जन गरिरहेका छन् भन्ने कुरा हो ।’ संगीतसँगै भिडियोमा भेडा गोठालाको मौलिक कथालाई पनि प्रस्तुत गरिएको छ ।

मिसन एक कुशल भिडियोग्राफर हुन । पूर्वी जिल्ला खोटाङमा जन्मिएका सिबिरिगो नेपालका बिभिन्न भुभागमा पुगेर सुन्दर दृश्य कैद गरी बिश्व सामू पुर्‍याउने लक्ष्य लिएको बताउँछन । पछिल्लो समय तन्नेरी पुस्ताका संगीतकर्मीले संगीतसँगै आन्तरिक पर्यटन प्रवर्द्धनमा समेत कार्य गरिरहेका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?