+
+

विराजभक्तसँग रविले भनेः जनताले आफैं बुझेका छन्

अनलाइनखबर अनलाइनखबर
२०८१ मंसिर ७ गते १७:३३

७ मंसिर, काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेले राज्यले आफूप्रति गरेको व्यवहार जनताले बुझेको बताएका छन् ।

सभापति लामिछानेलाई हिरासतमा भेट्न शुक्रबार पोखरा पुगेका संसदीय दलका उपनेता विराजभक्तसँगको कुराकानीमा उक्त कुरा बताएका हुन् । सभापति लामिछानेको भनाइ उधृत गर्दै श्रेष्ठले भने, ‘अब त मैले केही भन्नै परेन । पहिले त मैले बोल्नु परेको थियो । अहिले राज्यले के गरेको छ । जनताले आफैं बुझेका छन् ।’

लामिछानेलाई हिरासतमा राखेको शुक्रबार ३५ दिन पुगेको छ । जनताले दुख पाउनु हुँदैन भन्ने सभापतिको इच्छा बमोजिम विरोधको प्रदर्शनको शैली फेरिएको श्रेष्ठले बताए । भेटपछि प्रतिक्रिया दिने क्रममा श्रेष्ठले एमालेको आजको प्रदर्शन औचित्यहिन भएको बताए

वर्तमान सरकार डरको मानसिकताबाट बनेको र सत्तारुढ दुई दलले गरेको साँतबुँदे सहमतिमा काम हुन नसकेको श्रेष्ठले बताए । ‘यो सरकारको निर्माण नै डरमा आधारित हो । सम्भावनाबाट होइन,’ श्रेष्ठले भने ।

सरकारको संसद बोलाउने र समिति बैठक बोलाउने ध्यान नभएको श्रेष्ठले बताए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?