+
+
WC Series
Won कर्णाली याक्स 2025
129/9 (20)
VS
Karnali Yaks won by 3 runs
जनकपुर बोल्ट्स 2025
126/6 (20)
Shares

अध्यक्ष नियुक्ति हुनै लाग्दा धितोपत्र बोर्डले दियो आईपीओको स्वीकृति

अनलाइनखबर अनलाइनखबर
२०८१ मंसिर १० गते ९:२६

१० मंसिर, काठमाडौं । अध्यक्ष नियुक्ति हुनै लाग्दा नेपाल धितोपत्र बोर्डले एउटा कम्पनीलाई आईपीओ निष्कासनको स्वीकृति प्रदान गरेको छ ।

गत वर्षको पुस २० गतेदेखि रमेश हमालको कार्यकाल सकिएसँगै नेतृत्वविहीन बनेको बोर्डले त्यसयता रिलायन्स स्पिनिङ मिल्सलाई बुक बिल्डिङमार्फत आईपीओको स्वीकृति प्रदान गरे पनि विवादित बनेको थियो।

त्यसपछि कुनै पनि कम्पनीलाई आईपीओ निष्कासनको स्वीकृति दिएको थिएन । अध्यक्ष नियुक्तिका लागि गठित सिफारिस समितिले ३ जनाको नाम सिफारिस गरेकै दिन बोर्डले गार्डिन माइक्रो लाइफ इन्स्योरेन्स कम्पनीलाई आईपीओ निष्कासनको स्वीकृति प्रदान गरेको हो ।

आइतबार बोर्डले सो कम्पनीलाई ७५ लाख कित्ता सेयर निष्कासनको स्वीकृति दिएको छ । जसमध्ये सर्वसाधारणलाई ३० प्रतिशत अर्थात् २२ लाख ५० हजार कित्ता सेयर जारी गर्नेछ भने बाँकी ७० प्रतिशत संस्थापक समूहको रहनेछ । अंकित मूल्य १ सयका दरले कम्पनीले सर्वसाधारणलाई आईपीओ निष्कासन गर्न स्वीकृति पाएको हो ।

‘माइक्रो इन्स्योरेन्सले आईपीओ जारी गर्नैपर्ने व्यवस्था रहेको र प्रक्रिया पनि पूरा गरेकाले आईपीओ निष्कासनको स्वीकृति पाएको हो’ बोर्डका एक सदस्यले भने ।

माइक्रो इन्स्योरेन्स कम्पनीले कम्तीमा ३० प्रतिशत सेयर सर्वसाधारणलाई जारी गर्नैपर्ने व्यवस्था छ । बीमा प्राधिकरणबाट विभिन्न ७ कम्पनीले माइक्रो इन्स्योरेन्स कार्यका लागि स्वीकृति पाएका छन् । जसमध्ये ३ वटा लाइफ र ४ वटा ननलाइफ माइक्रोइन्स्योरेन्स कम्पनी छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?